
०३ असोज ,रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
आज असोज ३ गते राज्यले ८ औं संविधान दिवस हर्सोउल्लासका साथ मनाउदै छन । संविधान दिवसको उपलक्ष्यमा रौतहटको गौर नगरपालिकाले आफ्नै प्राङ्गणमा आयोजना गरेको एक औपचारिक कार्यक्रम बिच विभिन्न सरोकारवालाहरुको सहभागीतामा संविधान दिवस मनाएका छन । कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख साह द्वारा संविधानको निर्माणका लागी ज्यानको आहुती दिने विर शहीदहरु प्रति उच्च सम्मानका साथ फुलमाला अर्पण गर्दै मौनधारण समेत गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भु साह ले संविधान नै राज्यको मुल कानुन भएको हुदा जुन सुकै ओहोदामा बसेका देशका सम्पुर्ण नागरिकले सो कानुनले दिएको अधिकार भन्दा माथी कुनै काम गर्न नहुने बताएका थिए । संविधान लेख्न भनेको कुनै किताब लेख्न जस्तो नभएर हजारौं हजार विज्ञहरुको सुझाव र विगतका भोगाइहरुलाई सुक्षम तरिकाले अध्यनन गरि देशको हरेक नागरिको लागि एउटै ब्यहवार लागू हुने गरि बनाइएको हुन्छ र संविधानको रक्षागर्नु देशका सम्पुर्ण नागरिको दायित्व रहेकोले संविधान भन्दा माथी नजान वहाले सबैलाइ आग्रह समेत गरेका छन । संविधान दिवसको अवसरमा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह आफ्नो व्यक्तिगत खर्चबाट २५ थान कुर्सी श्री जुद्ध नमुना मा। विद्यालयलाई हस्तांतरण गरेका छन । केहि दिन पहिला विद्यालयमा कुर्सीको खाँचो रहेको भन्दै वहाँले आफ्नो निजी खर्चबाट विद्यालयलाई कुर्सी उपलब्ध गराइएको बताएका छन ।
हाल बिदामा रहनु भएका प्रअ चन्देश्वर राउतबाट विद्यालयको आर्थिक तथा प्रशासनिक कामकाज गर्न गराउन जिम्मेवारी पाउनु भएका प्रभाष ठाकुरलाई कुर्सी हस्तांतरण गर्नुभएको छ।।