१४ बैशाख २०८१, शुक्रबार

यमुनामाइ गापाका अध्यक्ष सउदले क्रूरताको हद पार गर्दै , तलब नपाएर शिक्षक कर्मचारीको चुलो समेत बल्न नसक्ने अवस्थामा

१२ मङ्सिर । सोमबार । प्रदेश अनलाइन न्युज डेस्क
चुनावको बेला उम्मेदवारका कुराहरुमा जादु हुन्छन , ती जादु भएका कुराहरुले मतदाताको मन तथा मत जित्न सफल भएका हुन्छन तर निर्वाचित भैसके पछि आफ्नो वास्तविक रङ देखाउने काम ती नेताहरुले गर्ने गरेका छन । २०७९ साल बैशाख ३० भएको स्थानीय चुनावमा मतदाताहरु बिगत ५ वर्षमा भ्रष्टाचारमा लिप्त रहेका उम्मेदवारको विकल्प खोज्न सुरु गरेका थिए । बिगत ५ वर्ष देखि आफ्नो एजेन्डा स्वरुप काम गर्न नसके हुँदा मतदाताहरु असन्तुष्ट भएर आफ्नो मत र जनप्रतिनिधि परिवर्तन गर्न सफल भए तर चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि जस्तो हुन गयो । नयाँ सोच र युवा सोचको जालमा सजिलै फसेका मतदाताहरु अहिले टाउकोमा हाथ राखेर पछुतो गर्दैछन । रौतहट जिल्लामा १८ वटा स्थानीय तह मध्ये १४ वटा स्थानीय तहका जनप्रतिनिधिहरु परिवर्तन भए तर काम गर्ने ढंग र भ्रष्टाचारी गर्ने मान्सिकता लगभग परिवर्तन हुन सकेन ।
रौतहटको यमुनामाइ गाउँपालिकामा चुनाव भएको झन्डै ८ महिना हुन लाग्दा पनि नगरसभा नभएर बिकासका काम थप भएको छ । यमुनामाइ गापाका अध्यक्ष मोहम्मद सौद (इरसाद) ले आफ्नो स्वार्थ पूरा हुन नसक्दा नगर सभा गर्नमा रोक लगाएको केही वडा अध्यक्ष तथा सदस्यहरुको भनाइ रहेको छ । आफ्नो भागबन्डा नमिल्दा नगरसभा नगर्ने बहानामा कार्यालय छोडी कहिले पोखरा त कहिले काठमाडौ लुक्दै बसेका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ (मुकेश) सरुवा नभए कुनै हालतमा नगरसभा हुन दिन्दिन समेत अडान गाउँपालिका अध्यक्ष सौदको थियो । हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैमा यमुनामाइ गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारी हरु तलब भत्ता नपाउदा उनीहरुको यसपालिको दशै पनि बेतलबी दशै जस्तो बित्यो ।। तिहार र छठमा तलब पाउने आशमा गाउँपालिका गएर तलबका लागि माग गर्नु र धर्ना दिनुको सट्टा आफ्नो काममा इमानदारीसाथ निरन्तरता दिइराखे । गापा अध्यक्षको जिद्दीका कारण दशैमा तलब नपाएर तनाव भएका शिक्षक कर्मचारीहरुको समस्या देखेर अधिकृत पनि परिवर्तन भयो तर पनि तलबको लागि कुनै आशा देखा परेन । मधेसमा मनाउने हिन्दुहरुको सबैभन्दा ठूलो पर्वको रुपमा दिपावली र छठ लिइन्छ , यो पर्व अलि खर्चिलो पनि हुन्छ । तर यस्ता ठूला चाडपर्वको बेलामा पनि जहानिया शासन जस्तो प्रमुख सौदले मानवताको रुपमा पनि अलि विचार पुर्याउन सकेन फलस्वरूप सरकारी जागिरे भएर पनि तलब नपाएर ॠण खोज्न यमुनामाइ गापाका कर्मचारीहरु अरुको ढोका ढकढक्याउन थाले । गाउँघरको चकृय व्याज अर्थात रु। १०० को महिनामा ३ देखि ४ रुपैया ब्याजको दरमा ऋण लिएर आफ्नो पर्व मनाएर परिवारसँग खुशी साटासाट गरे । छ्ठ पछि कार्यालय र बिधालय खुल्यो शिक्षक देखि कर्मचारीहरु आफ्नो कर्तव्य र काम इमानदारीका साथ फेरि सुरु गरे तर आफ्नै नगरका कर्मचारीको घर कसरी चल्दैछ ? कसरी ३(३ वटा पर्व बिना तलबको मनाए होलान भन्ने कुराको आभास गापा अध्यक्षलाई भएन । गाउँपालिकाका कयौं कर्मचारी र शिक्षकले छोराछोरीलाई पैसा नतिरेको कारण बिधालयबाट निकालेका समस्या पनि झेल्दैटन । बाहिर बस्ने शिक्षकलाई त बस भाडा समेत तिर्ने अवस्था नभएर तनावमा छन । कार्यालयका काम ठप्प गरेर चुनावमा गापाका नै कर्मचारी खटे तर त्यसमा पनि बिधालयका अधिकाश शिक्षकलाई खटाएनन । यमुनामाइ गाउँपालिका भित्रका बिधालयका प्रायः शिक्षकहरु स्थानीय छैन । गौर ( चपुर र आ( आफ्नै गाउँ घरबाट आउने गर्छन तर बिगत ८ महिना देखि तलब नपाएर गाडीमा हाल्ने पेट्रोल र बस टिकटका लागि तिर्ने पैसा समेत गोजीमा छैन । विभिन्न किसिमका आर्थिक समस्या भए पनि त्यहाँ शिक्षक कर्मचारीहरु आफ्नो कर्तव्यबाट एक पाइला पनि पछाडी हटेका छैन भने गापा अध्यक्ष सौद कानमा तेल हालेर बसेका छन । आर्थिक वर्ष ०७९र०८० को वजेट आएको ६ महिना बितिसक्दा पनि नगरसभा हुन नसक्दा सबै बजेटका काम ठप्प भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *