१३ बैशाख २०८१, बिहीबार

४८ घण्टा भित्र राजनारायण साहलाई ठक्कर दिने सवारीको पत्ता लगाउन अल्टिमेटम, अवरुद्ध बाटो सुचारु

१२ मंसिर, रौतहट, प्रेमचन्द्र झा । मौनिंग वाकमा निस्किएका व्यापारीको अज्ञात सबारीको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर रौतहटको गरुडाका व्यापारीहरुले ३ घण्टा सम्म गौर चन्द्रपुर सडक खण्ड अवरुद्ध बनाएर प्रदर्शन गरेका छन् ।
रौतहटको गरुडा नगरपालिका वडा नम्वर ४ घर भएका ४८ बर्षिय व्यापारी राजनारायण साह सोमवार विहान मौनिंग वाकमा निस्किएका थिए तर उनलाई अज्ञात सबारीको ठक्करबाट मृत्यु भएपछि आक्रोशित बनेका पीडित पक्ष र गरुडाका व्यापारीहरु विहान ११ बजे देखि मेथुर चोकमा बाटो अवरुद्ध पारेर प्रहरी विरुद्ध प्रदर्शनमा उत्रिका थिए ।
व्यापारी साहको सवारी दुर्घटनाको कारण मृत्यु भएको विषयमा इप्रका गरुडामा व्यापारीहरु सम्पर्क गर्दा कहाँ निर दुर्घटना भएका र कुन सवारी साधनले भएको भन्ने बारे प्रहरीले केही भन्न नसकेपछि गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालको नेतृत्वमा गरुडाको मेथुर चोकमा गौर चन्द्रपुर सडकमा अवरोध खडा गरेर प्रहरी विरुद्ध प्रदर्शन गरिए ।
प्रहरी संग व्यापारी साहको मृत्युको सत्य तथ्य जानकारी दिन माग गर्दा प्रहरीले यथार्थ कुनै जवाफ दिन नसक्दा गरुडा नगरप्रमुख जयसवाल स्थानीय व्यापारी र बासिन्दाहरु बाटो अवरुद्ध गरेर धर्नामा वसे थिए ।
अवरुद्ध बाटो खुलाउन स्थानीय प्रहरी प्रशासनले निकै प्रयास गरेपछि व्यापारीहरु प्रहरीलाई ४८ घण्टा भित्र ठक्कर दिएको सवारी साधन पत्ता लगाएर कानुनी दायरामा ल्याउने भन्दै अबरुद्ध बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।
साभार ः तराई टप

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *