१५ चैत्र २०८०, बिहीबार

नवलपरासीको सरावल गापा अध्यक्ष र बर्दघाट नगरपालिका मेयरद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन

२ कार्तिक, नवलपरासी । बिनोद निगम

निर्वाचन आयोगले रोक लगाए पनि स्थानीय तहका कर्मचारी तथा पदाधिकारीहरु चुनाबी प्रचारप्रसारमा सम्मिलित हुन छाडेका छैनन् । स्थानिय तहका पदाधिकारी तथा कर्मचारीले निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको निर्लज्ज तरिकाले उल्लंघन गरिरहेका छन ।

सधैजसो यो पटक पनि उदाहरणका लागि धेरै टाढा जानुपर्दैन । पश्चिम नवलपरासी सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी , उपाध्यक्ष बासमती हरिजन र बर्दघाट नगरपालिकाका मेयर सम्भुलाल श्रेष्ठले सामाजिक संजालमा आफूहरु पार्टी प्रचारप्रसारमा सहभागी भएको तस्बिर अपलोड गरेको देखिन सकिन्छ।

निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई कुनैपनी उम्मेदवारको पक्ष विपक्ष तथा चुनाबी प्रचारप्रसार र कुनै पनि चुनाव सम्बन्धित कार्यक्रमहरुमा उपस्थिति नजनाउन आदेश दिएको थियो । तर हाम्रा स्थानीय प्रतिनिधिहरुले उक्त आदेश र निर्वाचन आचारसंहिताको प्रभावकारि ढंगले कार्यान्वयन गरेको देखिदैन । सिधै उलंघन गरिरहेका छन ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिइराखेका छन । नवलपरासीमा पनि चुनावी चहलपहल बढेको छ ।

अनि चुनाव लाग्यो भन्दैमा हाम्रा स्थानीय पदाधिकारीहरुले आचारसंहिता विपरित गएर नियम उल्लंघन गर्नु कतै पनि राम्रो कुरा होइन । सरावल गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष र बर्दघाट नगरपालिकाका मेयरल लगाएतका जनप्रतिनिधिले आचारसंहिताको पालना गर्नुपर्दैन रु

केही दिन अघिमात्र सुनवल नगरपालिका स्थानीय तहका पदाधिकारीहरुले पनि यस्तै गरि चुनावी प्रचारप्रसारमा सहभागी भएका थिए । शनिबार पश्चिम् नवलपरासीको सुनवल नगरपालिकास्थित एक कार्यक्रमका बिच स्थानीय तहका राजनैतिक दलका जनप्रतिनिधिको सहभागीता देखिएको थियो

त्यो पनि निर्वाचन कार्यक्रम तयारी भेलामा । शनिबार नेकपा एमाले र जनता समाजवादी पार्टी नवलपरासी क्षेत्र नम्बर २ ले संयुक्त रुपमा आयोजना गरेको निर्वाचन कार्यक्रम तयारी भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा सुनवल नगरपालिकाका र रामग्राम नगरपालिकाका गत बैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु उपस्थितिले यो सिद्ध गरेको छ कि आचारसंहिता पालना प्रभावकारि ढंगले भएको छैन ।

त्यस्तैगरि शनीबार रात्रीपख सुनवल नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष बिरबल चौधरिले त झन सामाजिक संजालमा जनप्रतिनिधि हुदाहुँदै पनि पार्टीको प्रचारप्रसार गरेर आचारसंहिताको उल्लंघन गर्नु भएको थियो । तर सबै निकाय मौन रह्यो ।

आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको चरम बिरुद्धमा गएर हाम्रा राजनैतिक दलका जनप्रतिनिधिले गरेको कार्यको मुल्यांकन कसरी गर्ने तरु

कानुन नियम र आचारसंहिता सबैका लागि समान हुन, स्थानीय तहका कर्मचारीले कहिलेसम्म यसरी कानुन र आचारसंहिताको उल्लंघन गर्न पाउछनरु के सम्बन्धित निकाय मौन रहने होरु के स्थानीय तहका केही पदाधिकारीलाई निर्वाचन आचारसंहिता र आयोगको निर्देशन पालना गर्न नपर्ने अधिकार छरु कहिलेसम्म नियम, कानुन, र आचारसंहिताको उल्लंघन हुने हो, यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ । नियम उल्लंघन गरि सार्वजनिक कार्यक्रममा नै सरिक भएर चुनाब प्रचारप्रसार गर्नु कहाको नैतिकता होरु नाइ हुनै सक्दैन यो त सरासर आचारसंहिताको उल्लंघन हो, राजनैतिक शक्तिको दुरुपयोग हो ।

हाम्रा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुले निर्वाचन आचारसंहिताको जानकारी पाएनन वा निर्वाचन आयोगको निर्देशन थाहा पाएनन रु यो एक आश्चर्यको विषय हो, तर निर्वाचन स्वच्छ, भयरहित, प्रभाबरहित, निष्पक्ष तवरले सप्पन्न हुनु पर्छ । साथै निर्वाचन आचारसंहिताको पनि प्रभावकारी पालना हुन जरुरी छ । जब जिम्मेवार पद धारण गरेका ब्यक्तिहरुबाट नै आचारसंहिता र नियम उल्लंघन हुन्छ तब समाजमा जनतालाइ कसरी नियम र आचारसंहिताका पाठ पढाउन सकिएला त रु

नियम र आचारसंहिता सबैका लागि समान हुन, त्यस्को सबैले प्रभावकारि रुपमा पालना गर्नुपर्छ । नगर्नेलाइ कडा भन्दा कडा सजाय हुनु पनि अपरिहार्य छ, कडा कारबाहीको ब्यबस्था गरेमा मात्र नियम तथा आचारसंहिता उल्लंघनका घटना भविष्यमा घट्न पाउने छैनन् । स्थानीय तहका कर्मचारी र पदाधिकारीलाई निर्वाचन आयोगले आफू निर्वाचित स्थलमा कुनैपनि उम्मेदवारको पक्ष तथा विपक्षमा भोट माग्न प्रचारप्रसार नगर्न, उम्मेदवारको विषयमा गरिएका पोस्ट शेयर नगर्न तथा कुनै पनि पोस्ट नगर्न निर्देशन दिएको थियोे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *