५ जेष्ठ २०८१, शनिबार

पुर्व प्रधानमन्त्री नेपाललाई रौतहट स्वतन्त्र उम्मेदवार शम्भु सुप्रीमको समर्थन

१७ कार्तिक । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
मधेस आन्दोलनको महानायक रौतहट क्षेत्र न. १ को (क)का स्वतन्त्र उम्मेदवार शम्भु सुप्रीमले आफ्नो समर्थन पुर्व प्रधानमन्त्री एवम रौतहट क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधब नेपाललाई रहने घोषणा गर्नु भएका छन् ।

उहाँले रौतहट क्षेत्र न।१ का मधेसी ,शोसित ,उत्पीडितहरुको आवाज बनेर जनता सेवामा लाग्ने र बिकासको गङ्गा बगाउने र योग्य ब्यक्ती माधब नेपाल नै भएको आफ्नो फुल समर्थन उहाँलाई रहने घोषणा गर्नु भएका हुन् ।।
एकीकृत समाजबादीका अध्यक्ष समेत रहनु भएका नेता नेपाल नेता सुप्रीमको निवास ब्रहमपुरीमा बिहिबार बिहानै पुगेका थिए।नेता सुप्रीमको निवास पुगेका नेपाललाई स्वागत गर्दै नेता सुप्रीमले(ू म पुर्व प्रधानमन्त्री ज्युलाई समर्थन गर्ने घोषणा गर्द्छुू भनेर भनेका थिए।साथै नेता सुप्रीमले आफू आफ्नो पार्टी लोसपाको केन्द्रिय निर्णयलाई संमान गर्दै गठबन्धनका उम्मेदवार नेता नेपाल र प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र साहलाई समर्थन गरेको बताएका छन् ।

यस नेता नेपालले रौतहट क्षेत्र न ।१ प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार तथा पुराना सहयात्री रेवन्त झाूलाई आफ्नो समर्थन गर्न लगाई आफ्नो पार्टीमा समेत फर्काउन सफल हुनु भएका थिए।नेता सुप्रीमको निवासमा गठबन्धनका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *