१५ चैत्र २०८०, बिहीबार

अव्यवस्थित तरिकाले संचालित सदरमुकाम गौरका टयुशनहरुका कारण विद्यार्थीको भविष्य अँध्यारोमा ।

प्रदेश अनलाइनन्युज डेस्क
१५ भदौ, गौर । विद्यालयमा कमजोर भएका विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा (टयुशन) को आवश्यकता हेरि विद्यालयले टयुशन उपलब्घ गराएको हुन्छ । तर अहिलको परिपेक्षमा केहि शिक्षकहरु थोरै पैसा कमाउने लोभमा अव्यवस्थित तरिकाले टयुशन सेन्टर संचालन गरेका छन ।
रौतहटको गौरमा पैसा कमाउने र विद्यार्थी÷अभिभावकलाई ठग्ने मनसायले अवैध तरिकाले टयुशन संचालनमा रहेका छन । केहि शिक्षकहरु आफै निजी विद्यालयमा अध्यापन गराउने र त्यहाका विद्यार्थीहरुलाई आफू कहाँ टयुशन पढन विभिन्न लोभ लालच र परीक्षामा असफसल गराउने धम्की दिएर टयुशन पढन बाध्य बनाएका छन । अव्यवस्थित तरिकाले सदरमुकाम गौरमा टयुशन संचालन हुँदा दिनहुँ गैंग फाइट हुने , टयुशनको कक्षा संचालन हुनु अभि बाटोमा घुइचो लगाएर झै–झगडा गर्ने , चुरोट , सुर्ती गुटखा खाने दृश्य पनि हेर्न सकिन्छ । महँगो शुल्क लिएर पनि विधार्थीहरुलाई टयुशनको बहानामा बिगार्ने र विधार्थीको जीवनसंग खेलवाड गरिरहदा पनि सम्बन्धित निकाय सर्धै मौन अवस्थामा बसेको हुन्छ ।
एउटा बालबिकासका लागि पनि विद्यालय संचालन गर्नु अघि विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ र सरकारलाई कर तिर्नु पर्छ , तर यस्ता अवैध तरिकाले टयुशन संचालन गर्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन ।
टयुशन पढाउने शिक्षक नै विद्यालयमा २०–२५ जनाको समूहमा भएका विद्यार्थीलाई बुझ्ने गरि पढाउन नसक्नु तर आफ्नो टयुशनमा त्यहि विद्यार्थीहरुलाई एउटा सानो कोठामा सयौंका संख्यामा कसरी प्रभावशाली शिक्षण गर्न÷गराउन सकिन्छ त ? निजी विद्यालयमा महँगो शुल्क तिरेर पढ्दा पनि टयुशन पढन किन बाध्य छन त विद्याथीहरु ?
अभिभावकहरु पनि कुनै कुरामा विचार नगरि आफ्ना छोराछोरीको इच्छा पुरा गर्न पछि नहटदा आज यो समस्या उत्पन्न भएको छ ।
गौर स्थित एउटा टयुशनमा पढ्ने विधार्थी भन्छन ः ४५ मिनेटको टयुशनमा सरले ३० मिनेट यताउता कै कुराहरु गरेर समय बिताउनु हुन्छ , १५ मिनेटमा आफै पढाउने आफै बुझ्ने गर्नुहुन्छ । बिचमा नबुझेका प्रश्न सोध्दा गाली र बेइजती गरेर बस भन्नुहुन्छ । त्यस्तै विद्यालयमा टयुशन पढने विधार्थीमा बढी ध्यान दिने र परीक्षामा प्रश्नहरु नै पहिला बताइदिने गरेको विद्यार्थीको भनाइ रहेको छ ।
टयुशनमा मासिक नगरेर १ वर्षको पहिला नै रकम असुल्ने गरेका छन । असक्ष्म विद्यार्थीहरु संग ४ महिना पहिला नै शुल्क लिने गरेका छन ।
जाडोको याममा बिहान ५ बजे नै टयुशन भएकाले हाम्रा चेलीबेटी सुरक्षित महसुस समेत नगरेको एक जना अभिभावक बताउछन ।
घरबाट टयुशनका नाममा निस्केका केटा केटीहरु टयुशन नपुगी विभिन्न चिया पसलमा चुरोट तानिरहेको अवस्थामा समेत फेला परेका छन ।
गौरमा अवस्थित एउट विद्यालयका प्रधानाध्यापक भन्नुहुन्छ ः गौरमा संचालित टयुसन सेन्टर नभएर लभ सेन्टर भएको छ , त्यहा वास्तविकता पढाइ होइन फटाहा कुरा र केटाकेटीहरुलाई बिगार्ने काम मात्र भएको छ ।
स्मरणीय छ की गौरमा अवैध तरिकाले टयुशनका साथै विद्यालयहरु पनि संचालित छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *