६ जेष्ठ २०८१, आईतवार

विविध

जयनगर प्रहरी चौकी द्वारा सिमा क्षेत्रमा कडा निगरानी , ३ वटा मोटरसाइकल सहित युरिया मल  नियन्त्रणमा ।

जयनगर प्रहरी चौकी द्वारा सिमा क्षेत्रमा कडा निगरानी , ३ वटा मोटरसाइकल सहित युरिया मल नियन्त्रणमा ।

विविध, समाचार
२३ जेठ । रौतहट । रौतहटको जयनगर प्रहरी चौकी बिगत केही महिना देखि सिमा क्षेत्रमा निगरानी कडा गरेका छन । जयनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रन्जन गुप्ताको कमान्ड खटेका प्रहरी हवलदार बिरेन्द्र यादव सहितको प्रहरी टोलीले आज २३ जेठ बिहान ६:३० बजेको समयमा ३ वटा मोटरसाइकल सहित १० बोरा भारतीय युरिया खाद्य नियन्त्रणमा लिएका छन । भारतबाट रौतहटको राजपुर तर्फ चोरी पैठारी BR ३०M ११२८ नम्बरको भारतीय स्पेन्डर मोटरसाइकलमा भारतीय युरिया मल ३ बोरा , BR55A 4462 पैसन प्रो मोटरसाइकलमा ३ बोरा र बा ६५ प ९०३७ को महिन्द्रा मोटरसाइकलमा ४ बोरा गरि जम्मा १० बोरा भारतीय युरिया खाद्य मल नियन्त्रणमा लिएको असइ रन्जन गुप्ताले जानकारी गराएका छन । नेपाल सरकारले किसानहरुका लागि युरिया मलको व्यवस्था गरे पनि तसकरहरुले आफ्नो तस्करी गतिविधिमा सन्लगन रहेको भन्दै असई गुप्ता यस्ता गतिविधि रोक्न हाम्रो टोली कडा निगरानी गर...
नवलपरासीमा गएराति अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा घाइते चालक को मृत्यु

नवलपरासीमा गएराति अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा घाइते चालक को मृत्यु

विविध, समाचार
बिनोद निगम / नवलपरासी / २१ जेठ पश्चिम नवलपरासीको रामग्राम न.पा. ८ हुलाकी सडक खण्डको बैकुण्ठ पुलमा गएराति अन्दाजी ११:५५ बजे सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ । लु ११ प १९९३ नंबर सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल चालकलाई जिल्ला अस्पाताल परासीले उपचारका क्रममा आज बिहान २:०० बज मृत घोषणा गरेको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी टोली घटनास्थलमा पुगी उनलाई जिल्ला अस्पताल परासी ल्याइएको थियो । अहिलेसम्म कुनैपनि नाम थर ठेगाना खुल्न नसकको मृतकको सनाखत हुन बाँकी रहेकोले शब सोही अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ । घटनाको विषयमा थप आवश्यक अनुसन्धान भइरहेको समेत उहाले जानकारी दिनुभयो ।...
भारतको हैदराबादमा मोटरसाइकल दुर्घटना गौर ४ का एक युवकको मृत्यु

भारतको हैदराबादमा मोटरसाइकल दुर्घटना गौर ४ का एक युवकको मृत्यु

विविध, समाचार, स्थानीय
२१ जेठ । रौतहट । प्रदेश अनलाइन न्यूज डेस्क भारतको हैदराबादमा मोटरसाइकल दुर्घटनामा परेर गौर नगरपालिका वडा न. ४ का २१ वर्षीय हरिओम सहनीको मृत्युु भएको छ । दुर्घटनामा परेर सहनी संगै भारत बिहारको बैरगनिया नजैका पन्टकीका एक युवकको पनि मृत्यु भएको छ । गौर नगरपालिका वडा न. ४ निवासी ब्रहमदेव सहनीको कान्छो छोरो वर्ष २१ को हरिओम सहनी बिगत ६/७ महिना देखि हैदराबादको सेवन स्टार भन्ने कम्पनीमा काम गर्ने गर्थ्यो , दुर्घटना हुनु भन्दा ७/८ दिन पहिला कम्पनीका साहुले संग झगडा हुदा सो कम्पनी छोडेर नया YJ event भन्ने कम्पनी जोइन गरेको थियो । ३ महिना देखि तलब भत्ता नदिदा तलब माग्न जादा कम्पनीका साहुले गाली गर्दा झगडा परेको मृतकका दाइले बताएका छन । दुर्घटना रहस्यमय भएको भन्दै मृतक हरिओम सहनीका बुवा ब्रहमदेव सहनीले मेरो छोरोको कुनै मोटरसाइकल दुर्घटना नभएको झगडा भएको रिसमा कम्पनीका साहुले गुण्डा लगाइ मेरो छोरोलाइ...
नवलपरासीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यू २ जना गम्भीर घाइते

नवलपरासीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यू २ जना गम्भीर घाइते

विविध, समाचार, स्वस्थ्य
बिनोद निगम नवलपरासी/१९ जेठ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० मा सडक दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ । शुक्रवार विहान ३ः५० बजे भूमही भैरहवा हुलाकी सडक खण्डमा पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको लु.७० प ४०५४ नंबरको मोटरसाईकललाई लु.१ च ६७९९ नम्बरको बोलेरो पिकअपले ठक्कर दिंदा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बस्ने ३३ बर्षका केशवप्रसाद यादवको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । मोटरसाईकल सवार रामग्राम नगरपालिका वडा नं,१६ हकुई बस्ने ३० बर्षिय इन्दल चौधरीको अवस्था गम्भीर रहेकोले उहाँलाई भैरहवा मेडिकल कलेज रिफर गरिएको छ भने अर्का घाइते हकुई बस्ने ३५ बर्षिय नेमनारायण चौधरीलाई मुटुको समस्या भएकोले काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा तीन जना सवार भएको हुनसक्ने बताइएको छ । मोटरसाईकललाई ठक्कर दिएर फरार भएका सिद्धार्थ...
गौरको सुष्मा पैलेसमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सेवाको दिगोपना बारे अन्तरक्रिया  कार्यक्रम सम्पन्न ।।

गौरको सुष्मा पैलेसमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सेवाको दिगोपना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

विविध, शिक्षा, समाचार
८ जेठ ररौतहट । सुरक्षित आप्रवासन९सामी० कार्यक्रम अन्तर्गत रौतहटको सदरमुकाम गौरमा अवस्थित होटेल सुष्मा पैलेशमा रौतहटको प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका ७ वटा नगरपालिकाका नगरप्रमुख , उपनगरप्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुको उपस्थितिमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सेवाको दिगोपना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको प्रगति सम्बन्धमा छलफल भएको छ । सम्पन्न बैदेशिक रोजगार सम्बन्धि सेवाको दिगोपना बारे अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्ष २०७९÷२०८० मा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको पाइएको छ । कार्यक्रमको भाविचरण सम्बन्धमा छलफल गर्दै सो सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हालकै अवस्थामा सहकार्य भई निरन्तरताका लागि अनुरोध समेत गरिएको छ साथै अ...
किशोरकिशोरी संजाल सरावलकाे अध्यक्षमा पुनः सन्दिप

किशोरकिशोरी संजाल सरावलकाे अध्यक्षमा पुनः सन्दिप

विविध, शिक्षा, समाचार
  बिनाेद निगम / नवलपरासी , ७ जेठ किशोरकिशोरी संजाल सरावल गाउँपालिकाको अध्यक्ष पदमा पुनः सन्दिप बि.क चयन भएका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ स्थित पालिकाकाे सभा हलमा भएको किशोर किशोरी संजाल सरावलको प्रथम अधिवेशन तथा साधारणसभाको भेलाले पुन सन्दिप बि.क.लाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो । भेलाले सम्पूर्ण पदमा सर्वसम्मत रूपमा चयन गरेको हो । जसको उपाध्यक्ष पदमा कल्पना हरिजन ,सचिवमा वास्तविक चाैधरी कोषाध्यक्षमा दिलमाया चाैधरी ,सहसचिवमा इस्राफित अलि रहेका छन भने सदस्यहरुमा मेन कुमारी चौधरी,सन्देश हरिजन,जनार्दन यादव ,माेबारक अन्सारी ,नागमति सहानी र सुनिल बि.क रहेका छन् । किशोरकिशोरी संजाल सरावलकाे अध्यक्ष सन्दिप बि.क काे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अति...
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटायो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटायो

राजनीति, विविध, समाचार
३ जेठ ÷ काठमाण्डौँ । डिजेल र मट्टीतेलको भाउ घटेको छ। मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १५५ रूपैयाँ लिटर पर्नेछ। यसअघि डिजेल र मट्टीतेलको १६५ रूपैयाँ थियो। भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँ घटेर आएको हो। हाललाई पेट्रोलको भाउ भने यथावत नै राखिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य पनि यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन ९आन्तरिक० को मूल्य लिटरको १६० रूपैयाँ छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूल...
पूर्वगृहमन्त्री खाणले बिचौलियाबाट लिएको रकम मध्ये एक करोड रूपैयाँ गरे फिर्ता

पूर्वगृहमन्त्री खाणले बिचौलियाबाट लिएको रकम मध्ये एक करोड रूपैयाँ गरे फिर्ता

राजनीति, विविध, समाचार
३ जेठ / काठमाण्डौँ । भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ। उक्त रकम गृहमन्त्री खाणले आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत् फर्काएको गृहको उच्च स्रोतले सेतोपाटीलाई बताएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले भटाभट यसमा जोडिएका राजनीतिक र प्रशासनिक मानिसहरूको नाम लिन थालेका थिए। भण्डारी, दुलाल र गुरूङ पक्राउ परेपछि उनीहरूको बयान भएको थियो। बयानका क्रममा सानु भण्डारीले गृहमन्त्री खाण लगायत उच्च राजनीतिक एवं कर्मचारीहरूको नाम लिएका थिए। उनीहरूले नाम लिएका ८ जनालाई प्रहरीले समात्यो। खाणको नाम भने गिरोहका सदस्यको बयानबाट हटाइयो। त्यसलगत्तै खाणले गिरोहका सदस्यबाट आफूले लिएको रकम ...
गरुडामा अनसनरत दिपक यादवको स्वास्थ्य अवस्था गम्भिर , यादवको समर्थनमा सदरमुकाममा प्रदर्शन

गरुडामा अनसनरत दिपक यादवको स्वास्थ्य अवस्था गम्भिर , यादवको समर्थनमा सदरमुकाममा प्रदर्शन

राजनीति, विविध, समाचार, समाज, स्थानीय
१० चैत, रौतहत । प्रदेश अनलाइनन्युज डेस्क । रौतहटको गरुडा नगरपालिकामा अनियमितता तथा व्यापक भ्रष्टाचार भएको भन्दै गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादव कर्मचारीहरुको विवरण लयागत १२ बुंदे माग राखी आमरण अनसनमा बसेको ६ दिन बितिसक्दा पनि अनसनलाई लिएर नगरपालिकाबाट ठोस निर्णय आउन सकेको छैन । विभिन्न किसिमका प्रलोभन दिएर अनसन तोडन लगाउन नगरप्रमुख कन्थमुनी जैशवालले कसरत गरिरहेको तर माग गरेका कागजात उपलब्ध गराउन नसकेको अनसनरत यादवले जानकारी दिएका छन । यता ६ दिन देखि एक थोप्पो पानी समेत खान नपाउँदा यादवको स्वास्थ्य अवस्था गम्भिर अवस्थामा पुगेको छ । दिपक यादवको मागहरु जायज छन र माग छिटो सम्बोधन होस भनी जिल्लाको सदरमुकाम गौरमा अनसनरत दिपक यादवको समर्थनमा जिल्लाका युवाहरु प्रदर्शन गरेका छन । रौतहट क्षेत्र नं. १ क का विधायक प्रत्यासी तथा युवा नेता विक्रम यादवको नेतृत्वमा सयौं युवाहरुको संख्यामा निस्क...
दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन

दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन

राजनीति, विविध, समाचार, समाज
२९ फागुन । विरगंज । महायज्ञमा दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौमा ८ देखि १७ चैतसम्म हुने महायज्ञको तयारीका क्रममा दलित समुदायलाई विभेद गरिएको भन्दै वीरगञ्जमा प्रदर्शन गरेका हुन् । पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सा बाहिर उनीहरुले दलितले मन्दिरमा जान मिल्दैन रु, दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन रु भेदभाव गर्न पाईदैन लगायतका नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी खुबलाल महराले पूजामा बस्न नदिने भनेपछि विरोधमा उत्रिएको बताए । गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उनले बताए । पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाइएक...