१९ बैशाख २०८१, बुधबार

नवलपरासीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यू २ जना गम्भीर घाइते

बिनोद निगम नवलपरासी/१९ जेठ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० मा सडक दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ । शुक्रवार विहान ३ः५० बजे भूमही भैरहवा हुलाकी सडक खण्डमा पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको लु.७० प ४०५४ नंबरको मोटरसाईकललाई लु.१ च ६७९९ नम्बरको बोलेरो पिकअपले ठक्कर दिंदा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बस्ने ३३ बर्षका केशवप्रसाद यादवको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल सवार रामग्राम नगरपालिका वडा नं,१६ हकुई बस्ने ३० बर्षिय इन्दल चौधरीको अवस्था गम्भीर रहेकोले उहाँलाई भैरहवा मेडिकल कलेज रिफर गरिएको छ भने अर्का घाइते हकुई बस्ने ३५ बर्षिय नेमनारायण चौधरीलाई मुटुको समस्या भएकोले काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा तीन जना सवार भएको हुनसक्ने बताइएको छ ।

मोटरसाईकललाई ठक्कर दिएर फरार भएका सिद्धार्थ नगरपालिका भैरहवा वडा नं.६ बस्ने २९ बर्षिय शंकर कोहारलाई प्रहरीले शुक्रवार दिउसो सवा २ बजे भूमहीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनु भयो । उहाँका अनुसार रातिको समयमा घटना भएकोले सिसिटिभी फूटेजलाई फलो गरी फरार रहेको बोलेरो पिकअपलाई झण्डै ११ घण्टामा नियन्त्रणमा लिन सफल भएको बताउनु भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *