५ जेष्ठ २०८१, शनिबार

भारतको हैदराबादमा मोटरसाइकल दुर्घटना गौर ४ का एक युवकको मृत्यु

२१ जेठ । रौतहट । प्रदेश अनलाइन न्यूज डेस्क
भारतको हैदराबादमा मोटरसाइकल दुर्घटनामा परेर गौर नगरपालिका वडा न. ४ का २१ वर्षीय हरिओम सहनीको मृत्युु भएको छ । दुर्घटनामा परेर सहनी संगै भारत बिहारको बैरगनिया नजैका पन्टकीका एक युवकको पनि मृत्यु भएको छ । गौर नगरपालिका वडा न. ४ निवासी ब्रहमदेव सहनीको कान्छो छोरो वर्ष २१ को हरिओम सहनी बिगत ६/७ महिना देखि हैदराबादको सेवन स्टार भन्ने कम्पनीमा काम गर्ने गर्थ्यो , दुर्घटना हुनु भन्दा ७/८ दिन पहिला कम्पनीका साहुले संग झगडा हुदा सो कम्पनी छोडेर नया YJ event भन्ने कम्पनी जोइन गरेको थियो । ३ महिना देखि तलब भत्ता नदिदा तलब माग्न जादा कम्पनीका साहुले गाली गर्दा झगडा परेको मृतकका दाइले बताएका छन । दुर्घटना रहस्यमय भएको भन्दै मृतक हरिओम सहनीका बुवा ब्रहमदेव सहनीले मेरो छोरोको कुनै मोटरसाइकल दुर्घटना नभएको झगडा भएको रिसमा कम्पनीका साहुले गुण्डा लगाइ मेरो छोरोलाइ मार्न लगाएको आरोप लगाएका छ्न । मोटरसाइकल चलाउने बिहारको पन्टकीको युवा थियो भने गौर नगरपालिका वडा ४ का हरिओम सहनी पछाडी बसेको थियो । दुर्घटनामा दुबै युवाको मुखमा मात्रै चोट लागेको फोटोबाट स्पष्ट देखिन्छ । मोटरसाइकलमा पछाडि बस्नेको दुर्घटना हुँदा प्राय चालक भन्दा कम चोटपटक लाग्ने गर्छ तर यो दुर्घटनामा दुबैलाई समान र एकै ठाउँमा चोट लागेकोले दुर्घटना रहस्यमय भएको बुझिन्छ । मृतकका बुवा र दाइ यो घटनाको उचित छानबिन गर्न भारतीय दुतावास संग माग गरेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
6
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *