
३ जेठ ÷ काठमाण्डौँ ।
डिजेल र मट्टीतेलको भाउ घटेको छ।
मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १५५ रूपैयाँ लिटर पर्नेछ।
यसअघि डिजेल र मट्टीतेलको १६५ रूपैयाँ थियो।
भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँ घटेर आएको हो। हाललाई पेट्रोलको भाउ भने यथावत नै राखिएको निगमले जनाएको छ।
एलपी ग्यासको मूल्य पनि यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन ९आन्तरिक० को मूल्य लिटरको १६० रूपैयाँ छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र(पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।