१३ बैशाख २०८१, बिहीबार

गौरको सुष्मा पैलेसमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सेवाको दिगोपना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

८ जेठ ररौतहट । सुरक्षित आप्रवासन९सामी० कार्यक्रम अन्तर्गत रौतहटको सदरमुकाम गौरमा अवस्थित होटेल सुष्मा पैलेशमा रौतहटको प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका ७ वटा नगरपालिकाका नगरप्रमुख , उपनगरप्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुको उपस्थितिमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सेवाको दिगोपना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको प्रगति सम्बन्धमा छलफल भएको छ । सम्पन्न बैदेशिक रोजगार सम्बन्धि सेवाको दिगोपना बारे अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्ष २०७९÷२०८० मा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको पाइएको छ । कार्यक्रमको भाविचरण सम्बन्धमा छलफल गर्दै सो सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हालकै अवस्थामा सहकार्य भई निरन्तरताका लागि अनुरोध समेत गरिएको छ साथै अगामि चरणको कार्यक्रम निरन्तरताको लागि रौतहट जिल्लाका १८ वटै स्थानीय तहहरु बीच परामर्श गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ । रौतहटको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले रौतहटको साक्षरता दर बढाउन हरेक कोशिस गर्ने र अगामि दिनमा रौतहटमा रोजगारी सिर्जना हुने कामहरुलार्ई प्राथमिकता दिने बताएका छन । गौर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले सहकार्य गरेका छन । सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालयका प्र.ना.उ.उमाशंकर यादव , गौर नगरपालिकाका मेयर शम्भु साह, गरुडा नगरपालिकाका मेयर कन्तमुनी जैशवाल, बौधीमाई नपाका मेयर प्रदिप यादव, राजदेवी नपाका मेयर भिखारी यादव, बृन्दवनका मेयर बिनोद पटेल, चन्द्रपुरका मेयर संजय काफ्ले, दुर्गा भगवती गापाका अध्यक्ष शम्भु सिंह लगायत गरुडा, गढीमाइ नपाका उपमेयर तथा विभिन्न पालिकाका प्रमुश प्रशासकीय अधिकृत र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ुु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *