
१० चैत, रौतहत । प्रदेश अनलाइनन्युज डेस्क । रौतहटको गरुडा नगरपालिकामा अनियमितता तथा व्यापक भ्रष्टाचार भएको भन्दै गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादव कर्मचारीहरुको विवरण लयागत १२ बुंदे माग राखी आमरण अनसनमा बसेको ६ दिन बितिसक्दा पनि अनसनलाई लिएर नगरपालिकाबाट ठोस निर्णय आउन सकेको छैन । विभिन्न किसिमका प्रलोभन दिएर अनसन तोडन लगाउन नगरप्रमुख कन्थमुनी जैशवालले कसरत गरिरहेको तर माग गरेका कागजात उपलब्ध गराउन नसकेको अनसनरत यादवले जानकारी दिएका छन । यता ६ दिन देखि एक थोप्पो पानी समेत खान नपाउँदा यादवको स्वास्थ्य अवस्था गम्भिर अवस्थामा पुगेको छ । दिपक यादवको मागहरु जायज छन र माग छिटो सम्बोधन होस भनी जिल्लाको सदरमुकाम गौरमा अनसनरत दिपक यादवको समर्थनमा जिल्लाका युवाहरु प्रदर्शन गरेका छन । रौतहट क्षेत्र नं. १ क का विधायक प्रत्यासी तथा युवा नेता विक्रम यादवको नेतृत्वमा सयौं युवाहरुको संख्यामा निस्केको रैली जिल्ला प्रशासन कार्यालय रौतहटलाई घेराउ गरि प्रदर्शन गरेका छन । सूचना हाम्रो अधिकार हो , दिपक यादवको माग पुरा होस , युवा मार्न पाइदैन, सिडियो साहेब आँखा खोल्नुस दिपक यादव मदैछन जस्ता कार्ड बोकी प्रदर्शन गरेका छन । घण्टौ सम्म जिल्ला प्रशासन कार्यालय घेराउ गरि नाराबाजी गरेका युवा समूह दिपक यादवको माग छिटो सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।।