५ जेष्ठ २०८१, शनिबार

जयनगर प्रहरी चौकी द्वारा सिमा क्षेत्रमा कडा निगरानी , ३ वटा मोटरसाइकल सहित युरिया मल नियन्त्रणमा ।

२३ जेठ । रौतहट । रौतहटको जयनगर प्रहरी चौकी बिगत केही महिना देखि सिमा क्षेत्रमा निगरानी कडा गरेका छन । जयनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रन्जन गुप्ताको कमान्ड खटेका प्रहरी हवलदार बिरेन्द्र यादव सहितको प्रहरी टोलीले आज २३ जेठ बिहान ६:३० बजेको समयमा ३ वटा मोटरसाइकल सहित १० बोरा भारतीय युरिया खाद्य नियन्त्रणमा लिएका छन । भारतबाट रौतहटको राजपुर तर्फ चोरी पैठारी BR ३०M ११२८ नम्बरको भारतीय स्पेन्डर मोटरसाइकलमा भारतीय युरिया मल ३ बोरा , BR55A 4462 पैसन प्रो मोटरसाइकलमा ३ बोरा र बा ६५ प ९०३७ को महिन्द्रा मोटरसाइकलमा ४ बोरा गरि जम्मा १० बोरा भारतीय युरिया खाद्य मल नियन्त्रणमा लिएको असइ रन्जन गुप्ताले जानकारी गराएका छन । नेपाल सरकारले किसानहरुका लागि युरिया मलको व्यवस्था गरे पनि तसकरहरुले आफ्नो तस्करी गतिविधिमा सन्लगन रहेको भन्दै असई गुप्ता यस्ता गतिविधि रोक्न हाम्रो टोली कडा निगरानी गरिरहेको बताएका छन ।।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *