२४ बैशाख २०८१, सोमबार

विविध

महिलालाई स्वरोजगार बनाउँदै पाल्हीनन्दन गाउँपालिका

महिलालाई स्वरोजगार बनाउँदै पाल्हीनन्दन गाउँपालिका

राजनीति, विविध, शिक्षा, समाचार
विनोद निगम/ नवलपरासी / १५ असार। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ले गरीब महिलाहरु लाई स्वरोजगार बनाउन सिलाई मेशिन वितरण गरेको छ। गरीब संग विश्वेश्वर कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ का ५ समूहका १८ जना महिला लाई सिलाई मेशिन वितरण गरिएको सहजकर्ता पुनम प्रजापतिले बताइन् । पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ का वार्ड अध्यक्ष चुलाहिँ प्रसाद यादवको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को प्रमूख अतिथिकता सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले यस क्षेत्रका गरीब महिलाहरु लाई स्वरोजगार बनाउन यो कार्यक्रम गरिएको बताएका छन्। सिलाई मेसिनलाई व्यवसायिक बनाउनमा लाग्न आग्रह गरेका थिए। आफ्नो आर्थिक अवस्था सुधार गर्न आफ्नो मात्र कपडा न भई पसल खोली संचालन गर्न तर्फ लाग्न आग्रह गर्दै आगामी दिनमा पनि पालिकाको साथ र सहयोग...
सुनवलमा धारिलो हतियार प्रहार गरि आफ्नै आमाको हत्या

सुनवलमा धारिलो हतियार प्रहार गरि आफ्नै आमाको हत्या

विविध, समाचार, समाज, स्थानीय
बिनोद निगम र नवलपरासी र १२ असार पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड १३ ( बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया आफ्नै आमा बुद्धिरानी मुसहरको हत्या गरेको छन् । उनले सोमबार साझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नो आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम डीएसपी भोजराज पाण्डेयले बताए । उनी हत्या गरेर शवलाई घरभित्र छाडेर फरार भएका थिए । उनको बुवा साँझ कामबाट घर फर्केदा घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि अभियुक्त शिवकुमारले २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ । उनले दैनिक श्रीमतीलाईसमेत कुटपिट गर्ने गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाए । उनको कुटपिट सहन नसकी श्रीमती पनि दुई महिना अघिबाट माइतमा बस्दै आएको पाण्डेले बताए ।...
नागरिकताले दिएको खुसी

नागरिकताले दिएको खुसी

राजनीति, विविध, समाचार, समाज
पश्चिम नवलपरासीमा आईतवार र सोमवार गरी दुई दिनमा ८४ जना जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताले भरपूर खुशी दिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट आईतवार १० जना र सोमबार ७४ जना गरी ८४ जना जन्मसिद्ध नागरिकका सन्तानहरुले वंशजको आधारमा नागरीकता पाएका छन्। नागरिकता पीडित संघर्ष समिति नवलपरासीका संयोजक राकेश ठाकुरले नागरिकता पाउने सँगै आफ्नो आधा उद्देश्य पूरा भएको बताएका छन्। नागरिकता पाउनु है अहिलेको ठूलो चुनौती रहेकोले अहिले नागरिकता पाए अब आफ्नो अध्ययनलाई पूरा गरी देश र नेपाली आमाको लागि कार्य गर्न तर्फ लाग्ने बताए । त्यस्तै पाल्हीनन्दन गाउँपालिका वार्ड न २ बस्ने पशुपति गुप्ता, रामपत गुप्ता र रम्भु गुप्ताले नागरीकता पाए पछि आफ्नो खुशीको कुनै सीमा न रहेको बताएका छन्। "आज अनागरिक बाट नागरिक भइयो यस भन्दा खुसीको कुरा के हुन सक्छ भनेर आफ्नो खुशी वक्त गरे।आज मेरो उमेर २५ वर्ष भयो। ना...
पाल्हीनन्दन गाउँपालिकाको १५ औं गाउँ सभा

पाल्हीनन्दन गाउँपालिकाको १५ औं गाउँ सभा

विविध, समाचार
  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ। गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता ( दीपक ) ले गाउँपालिकाको १५ औं गाउँसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो । गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि छोरी बीमालाई निरन्तरता र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चोक चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले प्राप्त स्रोतसाधनको व्यवस्थित परिचालन गरेर अधिकतम उपलब्धि हासिल गर्ने ,स्वरोजगारी सिर्जना गरी गरीब विपन्न परिवारको जीवनस्तर माथी उठाउने र सबै वर्ग,क्षेत्रको सन्तुलित परिमाणमुखी विकासको सिर्जना गर्दै आर्थिक विकास र स्वरोजगार:समृद्ध पाल्हीनन्दनको आधार निर्माणलाई ख्याल गरि सोही अनुसारका योजनाहरु नीति तथा ...
रौतहटको ईशनाथ नगरपालिकाको ७ औं नगर सभा सम्पन्न

रौतहटको ईशनाथ नगरपालिकाको ७ औं नगर सभा सम्पन्न

राजनीति, विविध, शिक्षा, समाचार, स्थानीय
७ असार । रौतहट । राैतहटको ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा आज बिहिबार सम्पन्न गरेको छ । ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप-सचीव भुदेव झाले असार १०‌ गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गराउनुहुदै आज   आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गराएका छन । स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन अन्तर्गत ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ ।...
नवलपरासीमा कार सहित १२ लाख भन्दा वढि मुल्य बराबरकाे अबैध सामान बरामद

नवलपरासीमा कार सहित १२ लाख भन्दा वढि मुल्य बराबरकाे अबैध सामान बरामद

विविध, समाचार
बिनोद निगम / नवलपरासी/ ६ असार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ - बाइपास स्थित आज दिउँसो अन्दाजी १ बजे विशेष सुचनाको आधारमा अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउदै गरेकाे अबैध सामान सहित गाडि बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक चोप बहादुर के.सी को कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र कारसहित अबैध सामान बरामद गरेकाे हाे । बरामद गरिएका सामानहरूमा साडी १६ पिस , रू १ हजार का दरले १६ हजार , कुर्ता सुरवाल १३० पिस रू ६ सय का दरले ७८ हजार , टप्स १८८ पिस रू ५ सय का दरले ९४ हजार , लु ३ च ७७७ नं. को CLI Hero कार १ थान जसकाे मूल्य १० लाख,बोईलर कुखुरा १४ जिउ (२८ के.जी) प्रति केजी ३ सय बराबर ८ हजार ४ सय र भारतिय नं. प्लेट को मोटरसाइकल (युपी ५६ पी ८५५६) १ थान रू १५ हजार गरि जम्मा १२ लाख ११ हजार ४ सय बराबरकाे मूल्य रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना ...
नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

विविध, समाचार
संजय कुशवाहा / नवलपरासी ५ जेठ पश्चिम नवलपरासीक रामग्राम नगरपालिकामा चट्याङ लागेर एक मानिसको  मृत्यु भएको छ । मृत्यु हुनेमा सोही  नगरपालिका वडा न. १० नदुवा बस्ने  ४० वर्षको बिनोद कहार रहेको जिल्ला प्रहरी कार्यालय  प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले  जानकारी दिएका छन् । उनकाअनुसार मंगलबार बिहान  १०.४५ बजे समयमा वर्षासँगै चट्याङ पर्दा कहारको ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले  जनाए ।  प्रहरीका अनुसार मृतक कहारले आफ्नै खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागी घाईते भएका थिए । घाइते कहारलाई उपचारको लागी भैरहवा सि.टि. अस्पताल रुपन्देही तर्फ पठाइए पछि डाक्टरले ११:२० बजे मृत्यु घोषणा गरेका हुन । उक्त घटना स्थानमा प्रहरी चौकी तोनबाबाट प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडाको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा समेत प्रहरी टोली खटि गई घटनास्थल मु...
विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

विविध, समाचार
तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे। प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटियो। शव क्षतविक्षत अवस्थामा थियो भने गल्न थालिसकेको थियो। उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको थियो। २४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी उनको शव बाबुले पहिचान गरेका थिए। भुजेलको गत १ वैशाखमा भानु नगरपालिका-५ का मैबलका २१ वर्षका मनोज विष्टसँग प्रेम विवाह भएको थियो । उनीहरु ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए। रंगिलाको हत्या गरेर शव लुकाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए। हत्याको आरोपमा प्रहरीले रंगिलाका श्रीमान मनोजला...
नागरिकताको माग गर्दै कामतद्वारा आत्मदाह प्रयास

नागरिकताको माग गर्दै कामतद्वारा आत्मदाह प्रयास

विविध, समाचार
नागरिकताको माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् । आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए, पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो,उनको उपचार राष्ट्रिय ट्रमा सेन्टमा भइरहेको एसपी रिजालले बताए ।...
नयाँ दियालो युवा क्लबले गर्मीमा पशु पंक्षीलाई विभन्न रोगबाट बचाउन प्रशिक्षण कार्यक्रमको गरे आयोजना

नयाँ दियालो युवा क्लबले गर्मीमा पशु पंक्षीलाई विभन्न रोगबाट बचाउन प्रशिक्षण कार्यक्रमको गरे आयोजना

विविध, समाचार, स्वस्थ्य
२७ जेठ । रौतहट । रौतहटको गौरमा अवस्थित नयाँ दियालो युवा क्लबले रौतहटका ४ वटा पालिका भित्रका भेटेनरीका चिकित्सकहरुलाई विशेष किसिमका तालिमको आयोजना गरेको छ । रौतहट लगायत तराई मधेशमा दिन प्रति दिन भिषण गर्मीका कारण मानव लगायत पशु पंक्षीको जीवन कष्टकर बन्न गएको छ । अत्याधिक गर्मी बढे संगै जनावरहरुमा विभिन्न किसिमका रोगहरु देखा पर्न थाले पछि नयाँ दियालो युवा क्लबले रौतहटका गौर नगरपालिका , राजदेवी नगरपालिका, यमुनामाई गाउँपालिका र दुर्गा भगवती गाउँपालिकाका भेटेनरीका चिकित्सकहरुलाई विशेषज्ञबाट प्रशिषण गर्न लगाएका छन । गौर नगरपालिका स्थित ग्रीन सिगनल होटेलको सभाहलमा एक्सेलर हेल्थकेयर प्रा।लि। मुम्बईबाट आएका पशु चिकित्सकहरुको विशेषज्ञका टोलीले प्रशिक्षण दिएका छन । गर्मी याममा पशुपंक्षीहरुको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै आयोजित प्रशिक्षण कार्यक्रममा भेटेनरीका २० जना चिकित्सकहरुको उपस्थिति रहेको थि...