
विनोद निगम/ नवलपरासी / १५ असार।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ले गरीब महिलाहरु लाई स्वरोजगार बनाउन सिलाई मेशिन वितरण गरेको छ।
गरीब संग विश्वेश्वर कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ का ५ समूहका १८ जना महिला लाई सिलाई मेशिन वितरण गरिएको सहजकर्ता पुनम प्रजापतिले बताइन् ।
पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ का वार्ड अध्यक्ष चुलाहिँ प्रसाद यादवको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को प्रमूख अतिथिकता सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले यस क्षेत्रका गरीब महिलाहरु लाई स्वरोजगार बनाउन यो कार्यक्रम गरिएको बताएका छन्। सिलाई मेसिनलाई व्यवसायिक बनाउनमा लाग्न आग्रह गरेका थिए। आफ्नो आर्थिक अवस्था सुधार गर्न आफ्नो मात्र कपडा न भई पसल खोली संचालन गर्न तर्फ लाग्न आग्रह गर्दै आगामी दिनमा पनि पालिकाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी,वार्ड अध्यक्ष चूलाहि प्रसाद यादव,वार्ड सदस्य सम्सुद्दिन,मुसलमान,बसुरिन नेसा,शोभा हरिजन,चूलाही यादव, वार्ड सचिव सम्भु साहनी,पत्रकार लक्षमी हरिजन,विनोद निगम, सुरेन्द्र दास पाटनवर,पशुपति गुप्ता ,राकेश कुर्मी लगाएको उपस्थिती रहेको थियो।