२० बैशाख २०८१, बिहीबार

अबैधरुपमा भन्सार छली ल्याएको विभिन्न सामान नियन्त्रणमा

बिनोद निगम / नवलपरासी / १४ असार
ब्यापारी हरूले आफै भन्सार कडाईको माग गर्ने ब्यापारी आफै मगाउँछन् बिना भन्सारको सामान एकैदिन साढे ३ लाख बढीको सामान सहित मिएरसकाल पक्राउ ।

बिहीबार बिहान ८स्१० बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ६ स्थित पोखरापालीबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्र।स।नि। मान बहादुर खत्रीको कमाण्डमा खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको प्रहरीले जनाए ।

उक्त प्रहरी टोलीलाई देखेर मोटरसाइकलसहित सामान छोडी तस्करमा संलग्न ब्यक्ति फरार रहेको छन । तस्करले छोडेको मोटरसाइकलसहित सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय परासीमा राखेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

प्रहरीले नियन्त्रणमा लिईएको सामान हुक्का फ्लेबर ११९ थान अन्दाजी मुल्य रु।३ लाख २१ हजार ३ सय,काजु लगायत किराना सामान अन्दाजी मुल्य रु।२० हजार ८ सय लु ८१ प १६५६ नम्बरको मोटरसाइकल युपि ५६ ई १३२९, र युपि ५६ एक्स ७३७० नम्बरको मोटरसाइकलको अन्दाजी मुल्य रु। ४५ हजार, गरी जम्मा रु तीन लाख ८७ हजार १ सय रुपियाँ बराबरको रहेका छन ।

अवैध ओसारपसार गरी सामान ल्याउने कार्यमा संलग्न फरार ब्यक्तिहरुको सम्बन्धमा खोजतलास तथा अनुसन्धान भइरहेको पाण्डेयले बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *