२० बैशाख २०८१, बिहीबार

सुनवलमा धारिलो हतियार प्रहार गरि आफ्नै आमाको हत्या

बिनोद निगम र नवलपरासी र १२ असार

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड १३ ( बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया आफ्नै आमा बुद्धिरानी मुसहरको हत्या गरेको छन् ।

उनले सोमबार साझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नो आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम डीएसपी भोजराज पाण्डेयले बताए । उनी हत्या गरेर शवलाई घरभित्र छाडेर फरार भएका थिए । उनको बुवा साँझ कामबाट घर फर्केदा घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि अभियुक्त शिवकुमारले २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ ।

उनले दैनिक श्रीमतीलाईसमेत कुटपिट गर्ने गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाए । उनको कुटपिट सहन नसकी श्रीमती पनि दुई महिना अघिबाट माइतमा बस्दै आएको पाण्डेले बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *