२० बैशाख २०८१, बिहीबार

नागरिकताले दिएको खुसी

पश्चिम नवलपरासीमा आईतवार र सोमवार गरी दुई दिनमा ८४ जना जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताले भरपूर खुशी दिएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट आईतवार १० जना र सोमबार ७४ जना गरी ८४ जना जन्मसिद्ध नागरिकका सन्तानहरुले वंशजको आधारमा नागरीकता पाएका छन्।

नागरिकता पीडित संघर्ष समिति नवलपरासीका संयोजक राकेश ठाकुरले नागरिकता पाउने सँगै आफ्नो आधा उद्देश्य पूरा भएको बताएका छन्। नागरिकता पाउनु है अहिलेको ठूलो चुनौती रहेकोले अहिले नागरिकता पाए अब आफ्नो अध्ययनलाई पूरा गरी देश र नेपाली आमाको लागि कार्य गर्न तर्फ लाग्ने बताए ।

त्यस्तै पाल्हीनन्दन गाउँपालिका वार्ड न २ बस्ने पशुपति गुप्ता, रामपत गुप्ता र रम्भु गुप्ताले नागरीकता पाए पछि आफ्नो खुशीको कुनै सीमा न रहेको बताएका छन्। “आज अनागरिक बाट नागरिक भइयो यस भन्दा खुसीको कुरा के हुन सक्छ भनेर आफ्नो खुशी वक्त गरे।आज मेरो उमेर २५ वर्ष भयो। नागरिकता न भएकोले मैले आफ्नो व्यवसाय सुरु गर्न सकेको थिए भाइ हरुले रोजगार प्राप्त गर्न सकेको थिएन तर अब म आफ्नो व्यवसाय र भाइले आफ्नो रोजगारी सुरु गर्ने परिवारको आर्थिक भार कम हुने बताएका छन्।

जिल्ला प्रशासन कार्यालयमा अहिले जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानहरू नागरिकता बनाउन आउन थाले संगै भीडभाड बढेको छ।

पश्चिम नवलपरासी जिल्लामा जन्मका आधारमा नागरिकता पाएका अभिभावकको संख्या ८ हजार १३० रहेको छ। उक्त संख्याका आधारमा अब २० हजार बढी सन्तानहरू नागरिकता बनाउन आउन सक्ने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए। नागरिकता बनाउने कार्यलाई थप सुविधा उपलब्ध गराउन अनलाइन टोकन प्रणाली,थप कर्मचारीको व्यवस्थापन लगाएको सुविधा उपलब्ध गरिएको बताए ।

२०७२ सालमा संविधान घोषणा भएपछि पटक पटक सरकार प्रयास गरे पनि सकेको थिएन। २०७८ जेठमा दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि सरकारले नागरिकता अध्यादेश ल्यायो । तर नागरिकता बनाउन नपाउँदै सर्वोच्च अदालतले अध्यादेश कार्यान्वयनमा रोक लगायो ।

२०७९ साउनमा संघीय संसदले दुई पटक नागरिकता विधेयक पास गर्‍यो,तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन्। पुनः १७ जेठ २०८० मा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरे । हाल अदालतको फैसल पछि कार्यावन्यन गरी ७७ जिल्लामा वितरण कार्य जारी रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *