५ जेष्ठ २०८१, शनिबार

गौर नगरपालिकाको १२ औं नगर अधिवेशन सप्पन्न , ६८ करोड ३४ लाखको बजेट प्रस्तुत ।।।

१० असार । रौतहट ।
रौतहटको गौर नगरपालिकाको १२ औं नगर अधिवेशन सम्पन्न भएको छ । गौर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६८ करोड ३४ लाख ९० हजार ६ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ल्याएको ५५ करोड ६ लाख ८१ हजार बजेट रहेकोमा उक्त खर्च रकमको ८१ प्रतिशत ४४ करोड १८ लाख ७४१ रुपैया खर्च गरेको छ । गौर नगरपालिकाका १२ औं नगर अधिवेशनको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, विशिष्ट अतिथी प्रदेश सान्सद सदस्य नागेन्द्र साह र प्रदेश सान्सद सदस्य किशोरी देवी रहेका थिए । नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नगरप्रमुख शम्भु साह सभा समक्ष प्रस्तुत गरेका छन । नगरप्रमुख साहले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको बजेटमा नगरपालिकाको आन्तरिक आम्दानी तर्फ अनुमानित ४ करोड २५ लाख , वितिय समानीकरण अनुदान तर्फ संघ र प्रदेश बाट प्राप्त हुने १२ करोड २५ लाख ४१ हजार , संघ र प्रदेशको सशर्त अनुदान तर्फबाट २६ करोड ३३ लाख समपुरक अनुदान तर्फबाट ७० लाख विशेष अनुदान तर्फबाट प्राप्त १ करोड ८० लाख , राजस्व बाडफाड तर्फबाट १० करोड ४९ लाख ४९ हजार सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान १ करोड संघ सरकारबाट समाजिक सुरक्षा कार्यक्रमको लागि ११ करोड गरि कुल बजेट रकम ६८ करोड ३४ लाख ९० हजार ६ सयको बजेट प्रस्तुत गरेका छन । जसमध्ये चालू खर्च तर्फ ४३ करोड ४९ लाख ४९ हजार ६ सय, वितिय व्यवस्थापन तर्फ ४५ लाख र पुजीगत खर्च तर्फ २४ करोड ४० लाख ४१ हजार रहेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटलाई नगरप्रमुख साहले शिक्षा , स्वास्थ्य , खानेपानी जस्ता आधारभूत सेवालाई सर्वसुलभ एवम् गुणस्तरीय तुल्याउने , सन्तुलित एवम् समावेशी पूर्वाधार विकासलाई तिव्रता दिने , उधमशिलता अभिवृद्धि गरि स्थानीय स्तरमा रोजगारी बढाउने जस्ता उदेश्यहरु परिपूर्ति तर्फ केन्द्रित गरेका छन भने शिक्षा र स्वास्थ्य , सरसफाइ , फोहोर व्यवस्थापन एवं वातावरण संरक्षण , पर्यटन एवं कृषि गुणस्तरीय भौतिक पूर्वाधार , सुशासन एवं डिजिटल सेवा प्रवाह आदिलाई बजेटका प्राथमिकतामा राखेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *