२० बैशाख २०८१, बिहीबार

समाजसेवी ब्रह्मानन्द लोहारले वृद्ध दम्पतीलाई खाद्यान्न सहयोग

 

बिनोद निगम / नवलपरासी / १८ असार/

युवा नेता तथा समाजसेवी ब्रह्मानन्द लोहारले वृद्ध दम्पतीलाई खाद्यान्न सहयोग गरेका छन् । पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ शंखरापुरका एक वृद्ध दम्पती र अपाङ्ग छोरालाई खाद्यान्न सहयोग गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट हेरेपछि उनले आईतबार वृद्ध दम्पती पल्हिनन्दन वार्ड नं : १ शंखरापुर स्थीत घरमा पुगेर एक बोरा चामल, तेल, पिठो, बिस्कुटसहित नगद पैसा सहयोग गरेका हुन् । माेती हरिजन का छोरा अपाङ्ग रहेको घर पनि ढलेको अवस्थामा रहेको छ ।

वृद्ध दम्पती समस्या परेको फेसबुक पोस्ट हेरेपछि आफुले थोरै भएपनि सहयोग गरौं भन्ने उद्देश्यले चालम, तेललगायत खाद्यान्न सहयोग गरेको बताए । “माेती हरिजन भने मेरो एउटा छोरा छन् उँ पनि अपाङ्ग हुन ’–लोहारले भने ‘उहाँहरु समस्या परेको फेसबुक पोस्ट हेरेपछि मैले थोरै सहयोग गरौं भनेर खाद्यान्न सहयोग गरेको हुँ । उनले अहिलेको सहयोगले तत्कालका लागि समस्या समाधान हुने समेत बताए ।

युवा नेता तथा समाज सेवी लोहारले सहयोग दिँदा उनको मुहार चम्किलो बन्यो । ‘हाम्रो दुःख देखेर सहयोग गर्नु भयो । खुसी लागेको छ,’ उनले भने, ‘तपाइँले हामलाई हेर्नु भयो । तपाइँलाई भगवानले हेरुन् ।’

समाजसेवी धर्मेन्द्र मुर्य , पत्रकार लक्ष्मी प्रसाद हरिजन र स्थानीय वासीहरु उपस्थितिमा ब्रह्मानन्द लोहारले सहयोग गरेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *