१२ बैशाख २०८१, बुधबार

विविध

रौतहटमै पहिलो पटक खुल्यो एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर

रौतहटमै पहिलो पटक खुल्यो एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर

विविध, समाचार, स्थानीय, स्वस्थ्य
१५ भदौ । रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकामा एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर प्रा।लि। सञ्चालनमा आएको छ । पशु सम्वन्धी उपचार , रिसर्च गर्ने उदेश्यले रिसर्च सेन्टरको सञ्चालनमा ल्याइएको हो । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टरको विधिवत रुपमा उदघाटन गरेका हुन । उहाले यसले पशु सम्वन्धी अनुसन्धान र उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन १ रिसर्च सेन्टरबाट पशु सम्वन्धी विभिन्न रोगको उपचार ,औषधि तथा रोग एवं भाइरसको अनुसन्धान गरिने डाक्टर सुभाष सिंहले बताएका छन १ प्रदेश मै यस्तो सेन्टर पहिलो रहेको बताउँदै डाक्टर सिंहले कुनै किसिमको प्रकोप ,रोगको बारेमा जानकारी लिने ,उपचार गर्ने बताए १ संक्रमणबाट मरेका पशुको शव परिक्षण पनि गरिने व्यवस्था रहेको संचालकले जनाएको छ १ भेटेनरी डाक्टर द्वारा उपचार प्रदान गरिने , कुकुर ,विरालोको बंध्याकरण गरिने ,माइनर ...
नयाँ पत्रीकामा प्रकाशित समाचार प्रती अध्यक्ष सिंहको गम्भीर आपत्ति

नयाँ पत्रीकामा प्रकाशित समाचार प्रती अध्यक्ष सिंहको गम्भीर आपत्ति

राजनीति, विविध, समाचार
१९ साउन / रौतहट । रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” शिर्षक राखेर समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि उक्त समाचारको विश्वसनियता माथि गाउँपालिका अध्यक्ष शम्भु सिंहले प्रश्न चिन्ह खडा गरेका छन् ।गाउँपालिका अध्यक्ष सिंहका अनुसार तत्कालिन गंगापिपरा नमूना गाउँ विकास समितिका सचिव रामवृक्ष रायको हत्या प्रकरणमा शम्भु सिंहको संलग्नता एवं कुनै प्रमाण नरहेको ठहर जिल्ला सरकारी वकिलको कार्यालयले गरेपनि शुक्रवारको नयाँपत्रिका राष्ट्रिय दैनिकको तेश्रो पेजमा “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” प्रकाशित समाचार प्रति सिंहको गम्भीर ध्यानाकर्षण भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय रौतहट गौरले २०६४ साल असोज ४ गतेका दिन प्रहरी निरीक्षक बेणी सिलवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शम्भु सिंह समेत भएको कत्र्तव्य ज्यान मुद्दामा प्रमाणको अभाव तथा निजलाई का...
पाल्हिनन्दनमा सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा बरामद

पाल्हिनन्दनमा सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा बरामद

विविध, समाचार, समाज
बिनोद निगम / नवलपरासी / ७ श्रावण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न.६ पडरी स्थितबाट आज बिहान ७ बजे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी निरीक्षक सुबाष खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले ६ सय ६० केजी बोइलर कुखुरा नियन्त्रणमा लिइएको हो । भारतबाट नेपालतर्फ अवैध कुखुरा मोटरसाइकलमा राखी ल्याउँदै गर्दा सशस्त्र प्रहरीलाई देखे वित्तीकै मोटरसाइकलबाट कुखुरा फालि मोटरसाइकल लिएर मानिस फरार भएको नेपाल सिमा सुरक्षा गुल्म( हरपुर )सशस्त्र प्रहरी निरीक्षक सुबाष खत्रीले जानकारी दिनुभयो। बरामद गरिएको उक्त कुखुरा (६ क्विन्टल) ६० केजी अर्थात १ लाख ९८ हजार रुपैयाँ बराबरको रहेको खत्रीले बताएको छन् । बरामद अवैध कुखुरा महेशपुर क्वारेन्टाईनको रोबरमा पुरिएर नष्ट गरिएको खत्रीले जानकारी दिए । मुलुकमा आर्थिक संकट उत्पन्न भएका बेला चोरी तस्करी जस्ता गैर कानुनी...
परासीमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ –

परासीमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ –

विविध, समाचार
बिनोद निगम / नवलपरासी / ४ श्रावण पश्चिम नवलपरासीमा बुधबार सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही तिलत्तोमा नगरपालिका- ४ बिष्णुपुरा बस्ने बर्ष अन्दाजी २५ को अनिल दर्जी र सोही स्थानमा बस्ने बर्ष २२ को समित मास्के मगर रहेका छन । उनीहरुलाई बुधबार साझ ६ बजे रामग्राम नगरपालिका- ५ स्थित बाइपासबाट जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ७ जनाको संयुक्त टोलीले महेशपुरबाट परासीतर्फ आउदै गरेको अवस्थामा पक्राउ गरिएको हो । समित मास्केले चलाएको लु १६ प १६०८ नम्बरको स्कुटरलाई रोकी किटको प्रयोग गरी दुबै जनालाई चेकजाच गर्दा लागूऔषध सेवन गरेको ( possetive ) देखिएकोले निजहरुको रितपुर्बक तलासि लिदा स्कुटरमा पछाडी सवार अनिल दर्जीको पाईन्टको खल्ती तलासी गर्दा सानो-सानो चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम लागुऔषध ब्राउन...
रामग्राममा लागु औषध सहित दुई जना पक्राउ

रामग्राममा लागु औषध सहित दुई जना पक्राउ

विविध, समाचार
बिनोद निगम /नवलपरासी / ४ श्रावण पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जीतपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका- ६, पडरी बस्ने बर्ष २० को दिनानाथ तिवारी र सोही मोटरसाइकल पछाडी सवार, सोही स्थान बस्ने बर्ष २० को करण यादव रहेका छन । उनीहरुलाई बिहिवार साझ ५ बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि. धर्म बहादुर कुँवरको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको युपि ५६ भि ५७८८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारी मोटरसाइकल, लागुऔषधसहित आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ चेकजाँचको क्रममा उक्त मोटरसाइकलको पछाडी सवार करण यादवले बोकेको कालो प्लाष्टिकको झोलामा फेनारागन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र नुफिन ४० एम्पुल फेला परेको हो । पक्राउ पर्ने दुबै जन...
नवलपरासी प्रहरीको एकशन: लागू औषध कारोबारी निशानामा

नवलपरासी प्रहरीको एकशन: लागू औषध कारोबारी निशानामा

विविध, समाचार, स्वस्थ्य
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ०१ सौवाटिकर बस्ने वर्ष ४४ को मनोज कुमार चमारले खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा लागू ओैषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा प्रदेश कार्यालय लागुऔषध नियन्त्रण एकाई, लागुऔषध ब्युरो शाखा कार्यालय भैरहवाबाट प्र.ब.ना.नि. गोबिन्द त्रिपाठीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.ना.नि. धर्म बहादुर कुवंरको कमाण्डमा ५ जनाको संयुक्त टोलीले असार २२ गते साझ ६ बजे चमारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए । चमारले आफ्नै घरमा खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम १८६ पिस, फेनरागन १८८ पिस, नुफिन १८६ पिस, र कोरेक्स एस-कुफ़ १०, एमएल को १० पिस परिणामको लागुऔषध प्रहरीले फेला पारी रित पुर्वक उक्त लागुऔषध बरामद गरि चमारलाई पक्राउ गरिएका हुन । उनलाई ...
रौतहटको सदरमुकाममा अल्पसंख्यकसंग प्रहरी नामक कार्यक्रम सम्पन्न

रौतहटको सदरमुकाममा अल्पसंख्यकसंग प्रहरी नामक कार्यक्रम सम्पन्न

विविध, समाचार
२२ असार २०८० । रौतहट । रौतहटको सदरमुकाम गौरमा अल्पसंख्यक प्रहरी नामक कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिका वडा नं ८ स्थित रहेको बसपार्कमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गौर नगरपालिकाका पूर्व उप.प्रमुख किरण ठाकुर ,गौर न।पा।वडा नं। ६ र ८ का वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा आरडिसी नेपाल, माण्डवी, गौरको पदाधिकारीहरु,रौतहट पत्रकार महासंघको अध्यक्ष लगायत रौतहट जिल्लाको विभिन्न स्थानहरुबाट पाल्नु हुने अल्पसंख्यक व्यक्तिहरू समेत गरी अं। १५० जनाको सहभागितामा रौतहट जिल्लाको नव( प्रवर्तनिय कार्य अन्तर्गत ूअल्पसंख्यकसंग प्रहरीू नामक कार्यक्रम संचालन भएको छ । समाजभित्र रहेका धार्मिक,सास्कृतिक,राजनैतिक अ...
लागुऔषध-सहित तीन जनालाई पक्राउ ।

लागुऔषध-सहित तीन जनालाई पक्राउ ।

राजनीति, विविध, समाचार, स्वस्थ्य
बिनोद निगम / नवलपरासी /२१ असार नेपाल प्रहरीले लागुऔषध-सहित तीन जनालाई पक्राउ गरेको छा। नवलपरासी पश्चिमबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक प्रतापपुर गाउँपालिका २ सेमरी बस्ने बर्ष २७ को आकाश धरिकार, सोही मोटरसाइकल पछाडी सवार प्रतापपुर गाउँपालिका- १ उच्चमी टाँडी बस्ने बर्ष ३५ को किशोर केवट र प्रतापपुर गाउँपालिका- १ बस्ने कमला खाण ठकुरी रहेका छन । उनीहरुलाई प्रहरीले बुधबार साझ अन्दाजी ५:१० बजे प्रतापपुर गाउँपालिका - १ बाहुनगढीस्थित पक्राउ गरेका हुन । इलाका प्रहरी कार्यालय सेमरीबाट प्र.ना.नि. मदन बस्यालको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीलाई देखी युपि ५३ बिडि ५०९० नम्बरको मोटरसाइकल पछाडी सवार व्यक्तिले बोराको झोला फाली भाग्न खोज्दा तत्काल नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा लागुऔषधसहित मोटरसाइकल र उनीहरुलाई पक्राउ गरिएको हो । त्यसैगरी ...
रौतहटमा बैदेशिक रोजगारका लागि बिदेश पठाउने एजेन्टहरुले आतंक मचाउँदै

रौतहटमा बैदेशिक रोजगारका लागि बिदेश पठाउने एजेन्टहरुले आतंक मचाउँदै

विविध, समाचार, समाज, स्थानीय
२१ असार । रौतहट रौतहटमा बैदेशिक रोजगारका लागि बिदेश पठाउने एजेन्टहरुले आतंक मचाएका छन । विदेश जाने संग मोटो रकम लिएर फ्रि भिसामा पठाउदा रौतहटका कयौ युवाहरु विदेशमा अलपत्र परेका छन । रौतहटको वृन्वावन नगरपालिका वडा नं। ६ हर्साहा निवासी रंजित कुमार चौधरी सुडी भन्ने एजेन्डले रौतहटका कयौ युवालाई विदेश फ्रि भिसामा पठाइ अलपत्रमा पारेका छन । आज भन्दा २ वर्ष पहिला रौतहटकै माधवनारायण नगरपालिका वडा नं। ६ माधोपुर निवासी जय नारायण यादवसंग ३ लाख पचास हजार रुपैया लिएर फ्रि भिसामा पठाएर ठगेको कुरा बाहिर आएको छ । पिडित यादवले मेरो छोरो र मेरो सम्धी तुलसी रायको छोरालाई दुबइ पठाउनका लागि ३ लाख पचास हजार रुपैया लिएर दुबइमा राम्रो कामको लागि पठाइदिन्छु प्रलोभन दिएर दुबै जनालाई फ्रि भिसामा पठाएको बताएका छन । । म आफनो छोरोको लागि मात्र एक लाख ७५ हजार दिएको तर मेरो छोरालाई फ्रि भिसामा दुबइ पठाउदा मेरो छोराको मर्...
बर्दघाटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ३७ लाख भन्दा बढीको क्षति

बर्दघाटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ३७ लाख भन्दा बढीको क्षति

विविध, समाचार, स्थानीय
पश्चिम नवलपरासीको बर्दघाटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो करिब ४:२० बजे बर्दघाट नगरपालिका ४ बर्दघाट बजारस्थित बम बहादुर - थापाको २ तले घरमा सटर भाडामा लिई बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको हो । आगलागी भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक बीरेन्द्र केसीको कमाण्डमा २५ जनाको टोली उक्त स्थानमा पुगी स्थानिय, दमकल र प्रहरीको सहयोगमा करिब ५ बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ | आगलागीबाट १ जना मानिस सामान्य घाईते भएका छन् । सोही घरमा भाडामा लिई संचालन गरेको पसलहरुसमेत जलेर क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घरमा शटर भाडामा लिएर व्यवसाय गर्ने बर्दघाट नगरपालिका वार्ड नं १० बृत्ता बस्ने बर्ष ३१ को सुरज चौधरीको आशिष फोटो स्टुडियो पुर्ण ...