५ जेष्ठ २०८१, शनिबार

पाल्हीनन्दन गाउँपालिकाको १५ औं गाउँ सभा

 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ। गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता ( दीपक ) ले गाउँपालिकाको १५ औं गाउँसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो ।

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि छोरी बीमालाई निरन्तरता र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चोक चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले प्राप्त स्रोतसाधनको व्यवस्थित परिचालन गरेर अधिकतम उपलब्धि हासिल गर्ने ,स्वरोजगारी सिर्जना गरी गरीब विपन्न परिवारको जीवनस्तर माथी उठाउने र सबै वर्ग,क्षेत्रको सन्तुलित परिमाणमुखी विकासको सिर्जना गर्दै आर्थिक विकास र स्वरोजगार:समृद्ध पाल्हीनन्दनको आधार निर्माणलाई ख्याल गरि सोही अनुसारका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।

विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षामा जोड, सबै प्रकारका व्यवसायलाई अनिवार्य दर्ता,इको टुरिजम अवधारणा, सावर्जनिक उद्यान तथा पार्क, पर्यटन प्रवर्द्धनको लागि एकाकृत सूचना केन्द्रको स्थापना,कृषि तथा पशु बिमा,अनौपचारिक शिक्षा कक्षाको सञ्चालन, प्रत्येक वार्डमा खेलकूद मैदान निर्माण गरिने लगायतको कार्यक्रम समेटिएको छ।

गाउँपालिकाले सामाजिक क्षेत्रमा शिक्षक अपुग विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने,दलित तथा गरीब विधार्थीलाई सहयोग गर्ने, शिक्षा क्षेत्रमा बालिकालाई प्रोत्साहन गर्न बेटी पढाऔ बेटी बचाऔं अभियानलाई निरन्तरता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँ भित्रका सीप सिक्न इच्छुक व्यक्तिहरुलाई सीप तालिम संचालन गर्ने,उद्यमशिलता र सीपमूलक तालिम,अपाङ्ग मैत्री भवन निर्माण,पशुपालन र कृषि क्षेत्रमा स्वरोजगारी सिर्जना गर्न विशेष कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।

गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रवाह गर्ने,पाल्हीनन्दन अस्पतालको स्तर उन्नती गर्ने,स्वास्थ्य विमा कार्यक्रम, स्वास्थ्य सेवामा सुधार,जेष्ठ नागरिकलाई घर मै उपचार गर्ने, धार्मिक पर्यटन क्षेत्र घोषणा, महिनाको एक दिन श्रम दिनको अवधारणा ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
पालिकालाई पुर्ण सरसफाई युक्त पालिका,कृषि क्षेत्रको हब निर्माण,भु- उपयोग निति तयार,भौतिक पूर्वाधारको निर्माण गरिने,वातावरण व्यस्थापन,खेलकुद मैदान व्यवस्थापन, विज्ञहरुको टोलीको निर्माण गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।
गाउँपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन प्रत्येक कार्यालयमा विद्युतिय हाजिरी,सिसिटिभी जडान गर्ने,बालमैत्री घोषणाको लागि कार्यक्रम गर्ने,टोल टोलमा विकास समिति गठन,ई- प्रोफाइल निर्माण,स्मार्ट सिटीको धारणा,एक घर एक करेसाबारी,स्याहार केन्द्र स्थापना र सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश छन् ।

गाँउपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारीले ४३ करोड ७८ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत प्रस्तुत गर्नुभएको हो । बजेटमा बितिय सामानिकारण अनुदान तर्फ ११ करोड ६१ लाख,सशर्त तर्फ २० करोड ३६ लाख ,समपुरक अनुदान ५० लाख ,बिशेष अनुदान तर्फ १ करोड १५ लाख ,राजस्व बाडफाड तर्फ ८ कराेड ८४ लाख,प्रदेश सरकारबाट बितिय अनुदान तर्फ ८२ लाख ८० हजार रकम रहेकाे बताएकी छिन्।

आजै निति तथा कार्यक्रम र आर्थिक ऐन २०८० पारित भएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिनसेनाले जानकारी दिनुभयो ।

विनोद निगम नवलपरासी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *