५ जेष्ठ २०८१, शनिबार

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

संजय कुशवाहा / नवलपरासी ५ जेठ
पश्चिम नवलपरासीक रामग्राम नगरपालिकामा चट्याङ लागेर एक मानिसको  मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही  नगरपालिका वडा न. १० नदुवा बस्ने  ४० वर्षको बिनोद कहार रहेको जिल्ला प्रहरी कार्यालय  प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले  जानकारी दिएका छन् ।
उनकाअनुसार मंगलबार बिहान  १०.४५ बजे समयमा वर्षासँगै चट्याङ पर्दा कहारको ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले  जनाए ।
 प्रहरीका अनुसार मृतक कहारले आफ्नै खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागी घाईते भएका थिए । घाइते कहारलाई उपचारको लागी भैरहवा सि.टि. अस्पताल रुपन्देही तर्फ पठाइए पछि डाक्टरले ११:२० बजे मृत्यु घोषणा गरेका हुन ।
उक्त घटना स्थानमा प्रहरी चौकी तोनबाबाट प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडाको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा समेत प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का लगायतको कार्य सम्पन्न गरी अनुसन्धान भइरहेको छ ।
चट्याङ लागि मानिस मृत्यु भएको  मृतक जिल्ला पाल्पा पुर्व खोला गाउँपालिका वडा न. ५ बिरकोट स्थित बिरकोट आयुर्वेदिक औषधालय बिरकोट पाल्पामा कबिराज निरीक्षक (अधिकृत छैटौ तह) पदमा कार्यरत रहेका थिए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा परासीमा राखिएको छ ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *