६ जेष्ठ २०८१, आईतवार

नवलपरासीमा कार सहित १२ लाख भन्दा वढि मुल्य बराबरकाे अबैध सामान बरामद

बिनोद निगम / नवलपरासी/ ६ असार

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ – बाइपास स्थित आज दिउँसो अन्दाजी १ बजे विशेष सुचनाको आधारमा अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउदै गरेकाे अबैध सामान सहित गाडि बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक चोप बहादुर के.सी को कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र कारसहित अबैध सामान बरामद गरेकाे हाे ।

बरामद गरिएका सामानहरूमा साडी १६ पिस , रू १ हजार का दरले १६ हजार , कुर्ता सुरवाल १३० पिस रू ६ सय का दरले ७८ हजार , टप्स १८८ पिस रू ५ सय का दरले ९४ हजार , लु ३ च ७७७ नं. को CLI Hero कार १ थान जसकाे मूल्य १० लाख,बोईलर कुखुरा १४ जिउ (२८ के.जी) प्रति केजी ३ सय बराबर ८ हजार ४ सय र भारतिय नं. प्लेट को मोटरसाइकल (युपी ५६ पी ८५५६) १ थान रू १५ हजार गरि जम्मा १२ लाख ११ हजार ४ सय बराबरकाे मूल्य रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

नियन्त्रणमा लिइएका अबैध सामान सहित कार चालक जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका ४ – बस्ने बर्ष ४५ को अमित कुमार श्रीवास्तव र मोटसाइकल , कारलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा महेसपुर पठाइएको समेत डिएसपी पाण्डेले बताउनुभयाे । मोटरसाइकल चालक भने फरार रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *