२० बैशाख २०८१, बिहीबार

नयाँ दियालो युवा क्लबले गर्मीमा पशु पंक्षीलाई विभन्न रोगबाट बचाउन प्रशिक्षण कार्यक्रमको गरे आयोजना

२७ जेठ । रौतहट । रौतहटको गौरमा अवस्थित नयाँ दियालो युवा क्लबले रौतहटका ४ वटा पालिका भित्रका भेटेनरीका चिकित्सकहरुलाई विशेष किसिमका तालिमको आयोजना गरेको छ । रौतहट लगायत तराई मधेशमा दिन प्रति दिन भिषण गर्मीका कारण मानव लगायत पशु पंक्षीको जीवन कष्टकर बन्न गएको छ । अत्याधिक गर्मी बढे संगै जनावरहरुमा विभिन्न किसिमका रोगहरु देखा पर्न थाले पछि नयाँ दियालो युवा क्लबले रौतहटका गौर नगरपालिका , राजदेवी नगरपालिका, यमुनामाई गाउँपालिका र दुर्गा भगवती गाउँपालिकाका भेटेनरीका चिकित्सकहरुलाई विशेषज्ञबाट प्रशिषण गर्न लगाएका छन । गौर नगरपालिका स्थित ग्रीन सिगनल होटेलको सभाहलमा एक्सेलर हेल्थकेयर प्रा।लि। मुम्बईबाट आएका पशु चिकित्सकहरुको विशेषज्ञका टोलीले प्रशिक्षण दिएका छन । गर्मी याममा पशुपंक्षीहरुको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै आयोजित प्रशिक्षण कार्यक्रममा भेटेनरीका २० जना चिकित्सकहरुको उपस्थिति रहेको थियो । उपस्थित चिकित्सकहरुलाई जनावरहरुको स्वास्थ्य अवस्थालाई लिएर उत्पन्न भएका समस्या तथा समाधानलाई लिएर विचार विमर्श समेत गरेका छन । एक्सेलर हेल्थकेयर प्रा।लि।बाट आएका प्रशिक्षक रमेश वर्माले जनावरहरुमा लाग्ने नयाँ विरामीहरु र तिनीहरुमा प्रयोग हुने औषधीको बारेमा जानकारी लगायत नयाँ प्रविधिहरुको प्रयोगको बारेमा जानकारी गराएको बताएका छन । तराई मधेशमा बढदो गर्मीका कारण विभिन्न किसिमका रोगहरुहरु पशु पंक्षीमा देखा परेको प्रशिक्षक वर्माले जानकारी गराएका छन । जनावरहरुमा ज्वरो नभएर गर्मीका कारण हिट स्टौक भएको र विना जानकारी अनावश्यक रुपमा औषधीको प्रयोग नगर्न समेत अनुरोध गरेका छन । भिषण गर्मीमा जनावरहरुमा लाग्ने विभिन्न किसिमका रोगहरु लाग्न बाट बचाउन जनावरहरुलाई अत्याधिक मात्रामा पानी खुवाउने , पानीमा सक्दो नुन, चिनीको प्रयोग गर्ने , चिसो खाने कुरा खुवाउने र चिसो ठाउँमा राख्ने सल्लाह समेत दिएका छन । कार्यक्रमको अध्यक्षता गरेका नयाँ दियालो युवा क्लबका अध्यक्ष अर्जुन यादवले विगतका दिन सर्वसाधारणका लागि क्लबले विभिन्न किसिमका कार्यक्रमका आयोजना गरेको भन्दै गर्मीका कारण जनावरहरुको स्वास्थ्य अवस्थाको ख्लाय गर्दै उक्त कार्यक्रमको आयोजना गरेका जानकारी गराएका छन । नयाँ दियालो युवा क्लबले विगतका दिनमा वृक्षारोपण, सरसफाई, माछा पालन, कुखुरा पालन जस्ता कार्यक्रमको आयोजना गरेको अध्यक्ष यादवले जानकारी गराएका छन । प्रशिक्षण कार्यक्रममा कार्यक्रममा गौर नगरपालिकाबाट जे.पी गिरी, डा. सुभास कुमार सिंह, डा. रुपेश कुमार झा, मुकेश कुमार साह, राम सरण बैठा, अशोक कुमार साह, राजदेवी नगरपालिकाबाट अनुठा साह, राम प्रवेश साह, अभनिस सिंह, संदिप राय यादव, रुपेश राय यादप,राजपुर नगरपालिकाबाट मनोज कुमार गुप्ता लगायतका भेटेनरीका चिकित्सकहरुको उपस्थिति रहेका थियो । त्यस्तै रौतहट क्षेत्र नं. १ क का विद्यायक प्रत्यासी बिक्रम यादव, क्लबका सदस्य मोहित गुप्ता लगायत संचारकर्मी कार्यक्रममा उपस्थिति रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *