१ जेष्ठ २०८१, मंगलवार

नवलपरासीमा धारिलो हतियारले हत्या गरेको श्रीमान श्रीमतीको शव फेला

बिनोद निगम/नवलपरासी/२३जेठ
पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको छ । मंगलबार बिहान करिब ७:२० बजे जिल्लाको प्रतापपुर गाउँपालिका – ८ बैरिहवाका ५० वर्षीय तिलकराज भेडियार र उनका श्रीमती ५० वर्षकी निर्मला भेडियार मृत भेटिएका हुन् ।

उनीहरु विगत ५ / १० बर्ष देखि घरबाट करिब ३/४ किमि पूर्व मजुवा मर्चहवा भन्ने ठाँउमा गाई भैसी पालेर बस्दै बसोबास गर्दै आईरहेका थिए । मंगलबार बिहान दुवै जनाको शव गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी सहायक निरीक्षक दिनेश कुमार यादवको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा १२ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट ( proof) पराउनुको टोलीसमेत खटिएको छ ।

दुबै जनाको शव अहिले घटनास्थलमै रहेको छ । घटना हुनुको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान कार्य भईरहेको छ । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक बिनोद सिलवाल र प्रहरी नायब उपरीक्षक समेतको टोली खटिएको छ ।

घटनास्थलमा तालिमप्राप्त कुकुर सहितको प्रहरी जानकारी दिए । टोलीसमेत परिचालन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *