१ जेष्ठ २०८१, मंगलवार

मुख्यमन्त्रीलाई अपार सफलता, मधेश प्रदेश सरकारलाई निरन्तर रहने बहुमत

मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई अपार सफलता प्राप्त भएको छ । मुख्यमन्त्री यादवले १०७ सदस्यीय मधेश प्रदेशसभामा १०३ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा उपस्थित सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

यही जेठ १ गते नेकपा एमाले सरकारबाट बाहिरिँदै सरकारबाट समर्थन फिर्ता लिएका थिए । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेशसभामा पेश गरेका थिए । तर, नेपाली कांग्रेसले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बेला एमालेले फेरि सरकारलाई समर्थन दिएका छन् । एमालेले सरकारबाट समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवलाई विश्वसको मत लिनु परेको थियो । उनले आफ्नो कार्यकालमा दोस्रो पटक विश्वासका मत लिएका छन् । मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित भएको कारण मुख्यन्त्रीको पक्षमा मतदान गर्न सकेनन् । सभामुख रामचन्द्र मण्डल र उपभामुख बबिता राउत इसरले मत गर्न नपाउने कानुनी व्यवस्था छ । मुख्यमन्त्रीले विश्वासको मत दिने प्रस्ताव गर्दा संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, नेपाली कांग्रेसबाट कुमरकान्त झा, जनता समाजवादी पार्टी (जसपा)बाट लालबाबु राउत, जनमत पार्टीका सांसद चन्दन सिंह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता अभिराम शर्मा, नेकपा माओवादी केन्द्रबाट युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका कनिश पट्टेल, नेपाल संघीय समाजवादीका विमला अन्सारी, राप्रपाकी सांसद कंचन विच्छा, स्वतन्त्र सांसद अनुरुद्ध प्रसाद सिंह र प्रमोद जयसवालले रोष्टमबाट पनि समर्थन गर्ने घोषणा गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *