२१ बैशाख २०८१, शुक्रबार

विविध

पेट्रोलियम पदार्थको मूल्य वृद्धीले इतिहास रच्दै

पेट्रोलियम पदार्थको मूल्य वृद्धीले इतिहास रच्दै

विविध, समाचार
६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धीले इतिहास रचेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आईतवार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ, भने एक लिटर डिजेल र मट्टीतेलको मुल्य १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।...
धादिङका किसानहरुले लुटे ४ सय बोरा रासायनिक मल

धादिङका किसानहरुले लुटे ४ सय बोरा रासायनिक मल

विविध, समाचार, समाज
४ असार, काठमाण्डौ । धादिङका किसानहरूले ४ सय बोरा रासायनिक मल लुटेका छन्। धादिङको धुनिबेसी नगरपालिका(६ धार्केमा ट्रक रोकेर स्थानीयले मल लुटेका हुन्। अवैध रुपमा रासायनिक मल आएको थाहा पाएपछि मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् । शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरुले लुटेका हुन् । स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । धुनिबेशी नगरपालिका(६ धार्केस्थित पूर्व(पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल ...
पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि

पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि

विविध, समाचार
२ असार । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन आइओसीलाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले विहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल÷मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको...
एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको नेपाली सेनाको भनाई

एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको नेपाली सेनाको भनाई

राजनीति, विविध, समाचार
१ असार । काठमाडौँ — नेपाली सेनाले अमेरिका सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको जनाएको छ । सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको छ । यसअघि नेपालस्थित अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुई पटक निवेदन दिएपछि सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकार गरेको जनाएको थियो । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति र सामरिक संवेदनशीलतालाई प्रतिकूल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोहीसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको बेहोरा सम्पूर्ण जनमानस तथा सञ्चारजगतलाई जानकारी गराइन्छ,ु सेनाको विज्ञप्तिमा भनिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी। ...
आज सातै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशको कति ?

आज सातै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशको कति ?

विविध
१ असार, काठमाडौं । सबै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् । असार(१ मा बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम आज प्रदेश सरकारले आ(आफ्नो बजेट प्रस्तुत गरेका हुन् । कुन प्रदेशको बजेट कति रु प्रदेश १ प्रदेश १ सरकारले आव २०७९र८०को बजेट सार्वजनिक गरेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारले बुधबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट सार्वजनिक गरेका हुन् । प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको हो । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरण’ मूल नाराका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् । मधेश प्रदेश मधेश प्रदेशले अव २०७९र८०का लागि ४६ अर्ब ८८ करोड ...
गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन  जम्मा ३४ हजार

गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन जम्मा ३४ हजार

विविध, समाचार, समाज, स्थानीय
२९ जेठ, रौतहट । रौतहटको दुधियाभारमा रहेको सशस्त्र प्रहरी बलले शनिबार बिहान ३ बजे भारततर्फ तस्करी हुन लागेको अवस्थामा समातेको १७ ओटा गाई र बाच्छा सरकारी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको थियो। पहाडको विभिन्न ठाउँबाट किर्ने र संकलन गरी भारततर्फ लैजानको लागि प्रदेश २–०३–०००१ ख १४८७ नम्बरको गाडीमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गाईलाई गौर भन्सारमा बुझाउँदा १७ ओटा गाईलाई ३५ हजार पाँच सय रूपैयाँमा निलाम गरेको छ। सशस्त्र प्रहरी बलले १७ ओटा पशुधनको मूल्यांकन नै जम्मा ३४ हजारको गरेर पठाएको र सोही मूल्यमा भन्सार कार्यालयले डाँक बढाबढ गर्दा पशुधनलाई ३५ हजार पाँच सय रूपैयाँमा बिक्री भएको हो। गौर भन्सारमा सिन्डिकेट चलाउनेहरुले सक्रिय भएर गाई र बाच्छोको निलामी सकार गरी पुनः तस्करकै हातमा पुर्‍याइ...
प्रशारण लाइनमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट त्रिशुलीको उत्पादन बन्द

प्रशारण लाइनमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट त्रिशुलीको उत्पादन बन्द

मनोरञ्जन, विविध, समाचार, समाज
नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ । ‘६ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं । भारतबाट पनि बिजुली ल्याइएको छ ।’प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।...