
४ असार, काठमाण्डौ । धादिङका किसानहरूले ४ सय बोरा रासायनिक मल लुटेका छन्। धादिङको धुनिबेसी नगरपालिका(६ धार्केमा ट्रक रोकेर स्थानीयले मल लुटेका हुन्। अवैध रुपमा रासायनिक मल आएको थाहा पाएपछि मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।
अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।
शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरुले लुटेका हुन् । स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
धुनिबेशी नगरपालिका(६ धार्केस्थित पूर्व(पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल बोकेको दुई ट्रक स्थानीयले रोकेका थिए । एकैचोटि ४०० भन्दा बढी स्थानीय आएपछि ट्रकसँगै आएको सशस्त्र प्रहरीले पनि केही गर्न नसकेको प्रहरीले जनाएको छ ।