
२९ फागुन । विरगंज । महायज्ञमा दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौमा ८ देखि १७ चैतसम्म हुने महायज्ञको तयारीका क्रममा दलित समुदायलाई विभेद गरिएको भन्दै वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।
पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सा बाहिर उनीहरुले दलितले मन्दिरमा जान मिल्दैन रु, दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन रु भेदभाव गर्न पाईदैन लगायतका नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी खुबलाल महराले पूजामा बस्न नदिने भनेपछि विरोधमा उत्रिएको बताए । गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उनले बताए ।
पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाइएको छ । समितिमा सुरुमा दलित समुदायको समेत नाम राखिएकोमा पछि हटाइएको उनीहरुको आरोप छ ।