१४ चैत्र २०७९, मंगलवार

१५ बर्ष जेल सजाय भोगिरहेका पवन यादव कारागार बाहिर खुल्याम घुम्दै

138

२७ फागुन । रौतहट । जिल्ला कारागार कार्यालय गौरमा लागु औषध ब्राउन सुगर कारोबारमा १५ बर्ष जेल र ५ लाख जरिवाना सहित सजाय भोगिरहेको बारा जिल्ला भटिनिया निवासी पवन कुमार यादव अहिले गौर कारागारको कैदी नाईके जेल भन्दा बाहिर कसरी पटक(पटक कारागारबाट खुल्याम बाहिर घुमि रहन्छ ।

गौर नपा भित्र महायज्ञमा पनि खुल्याम घुमिरहेका फोटो अहिले समाजिक संजालमा भाईरल बनेको छ भने होलीको दिन कुन नियम अनुसारलाई पाल्न गरेर जेल जीवन बिताइरहेका यादवले कारागारबाट बाहिर निस्केर आफ्नो घर बारा जिल्ला होली मनाउन गएको हो अनि घरबाट पुनः जेल फर्किरहेको क्रममा रौतहट जिल्लाको परोहा नपा ४ लौकाहा बजार स्थित रक्सी खाएर मोटरसाइकल चलाइरहेको कारणले आफै मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते समेत भएको छ ।

मोटरसाइकल दुर्घटना हुदा खुट्टा समेत भाचेको नाईके यादव अहिले उपचार पर्सा जिल्लाको बिरगंजमा उपचार गराइरहेका छन् । जिल्ला कारागार कार्यालय गौर, रौतहट नेपाल सरकारको कानुन भन्दा माथि चलिरहेको प्रष्ट बुझिन्छ । यहाँ सर्वोच्च अदालतले १५ बर्ष सजाय तोकेको व्यक्तिलाई खुल्याम जेलबाट बाहिर घुम्न छुट दिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0