५ जेष्ठ २०८१, शनिबार

Author: प्रदेश अनलाईन न्युज

शिलान्यास भएको ७ महिनामा नै चार कोठे कक्षाकोठाको नगरप्रमुख साह द्वारा उदघाटन

शिलान्यास भएको ७ महिनामा नै चार कोठे कक्षाकोठाको नगरप्रमुख साह द्वारा उदघाटन

शिक्षा, समाचार, समाज
१५ भदौ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहटको गौर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको चार कोठे कक्षाकोठाको आज एक कार्यक्रम बिच नगरप्रमुख शम्भु साहले उदघाटन गरेका छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वि.सं. २०७९ साल माघ १२ गते वसन्तपंचमीको दिन गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा सो चार कोठे कक्षाकोठाको निर्माणका लागि शिलान्यास भएको थियो । नगरप्रमुख साहको विशेष निगरानीमा निर्माण कार्य भइरहेको सो कक्षकोठाको सात महिनामा नै निर्माण प्रक्रिया पुरा भई उदघाटन हुदाँ विद्यायलका शिक्षक कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु खुशी हुँदै मेयर साहलाई विशेष धन्याद दिएका छन । गौरका मेयर शम्भु साह नगरभित्रका योजनाहरु अन्तर्गत निर्माण हुने कार्यहरुलाई विशेष निगरानी गर्दै आएका छन । निर्माण कार्य स्थलमा मेयर साह आफै समय समयमा गई निरिक्षण गर्नुको साथै निर्माण कार्यम...
गौर आँखा अस्पतालमा दिनहुँ आँखा पाक्ने रोगबाट संक्रिमत हुनेको संख्या ६ सय भन्दा बढी

गौर आँखा अस्पतालमा दिनहुँ आँखा पाक्ने रोगबाट संक्रिमत हुनेको संख्या ६ सय भन्दा बढी

समाचार, समाज, स्थानीय, स्वस्थ्य
२१ साउन रौतहट ।  केहि दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई एडिनो भाइरस कन्जन्टिभाइटिस पनि भनिन्छ । आँखा पाक्ने रोग भनेको आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजक्टिभा भनिन्छ त्यसमा हुने संक्रमण हो । रौतहटको गौर नगरपालिका वडा नं. ८ पुरेनवामा अवस्थित गौर आँखा अस्पताल पुरेनवामा दिनहुँ आँखा जचाउन आउने मध्ये आँखा पाक्ने रोगबाट संकक्रित हुनेको संख्या ६ सय भन्दा बढी रहेको गौर आँखा अस्पताल पुरेनवाका व्यवसथापक प्रमुख कामेश्वर चौधरीले जानकारी गराएका छन । पछिल्लो १०÷१२ दिन देखि आँखा पाक्ने रोगका बिरामी फेला परेको र पहिला दिनको ३ सय देखि ४ सय सम्म बिरामी आँखा पाक्ने रोगको लागि जचाउन आगने गरेको तर ३ दिन देखि दिनहूँ ६ सय भन्दा बढी यो रोगका बिरामीहरु फेला पर्दै आएको व्यवस्थापक प्रमुख चौधरी जानकारी दिनुभयो । संक्रमित...
गौरमा लम्पी स्किन रोग विरुद्धको खोप अभियानको एक हप्तामा लाग्यो ८५० डोज खोप

गौरमा लम्पी स्किन रोग विरुद्धको खोप अभियानको एक हप्तामा लाग्यो ८५० डोज खोप

समाचार, स्थानीय, स्वस्थ्य
२१ साउन । रौतहट । देश भरि नै महामारी रुपमा फैलिएको पशरहरुमा लाग्ने लम्की स्किन रोगले अहिले सम्म ६० हजार भन्दा बढी पशुको मृत्यु भइसकेको छ । महामारीले भयावह रुप लिएको लम्की स्किन रोगले १० लाख भन्दा बढी पशुहरु संक्रमित भएको छ । लम्की स्किन रोग विरुद्ध रौतहटको गौर नगरपालिकामा खोप अभियान संचालनमा रहेको छ । साउन १४ गते आइतवार देखि पशुहरुमा यो रोग विरुद्ध खोप लगाउने कार्यक्रमको थालनी भएको भेटेरिनरी अस्पताल गौरका चिकित्सक डा. सुभास कुमार सिंहले जानकारी गराएका छन । गौर नगरपालिका वडा नं. ९ सिर्सियामा एक सय डोज खोप लागिसकेको डा. सिंहले जानकारी गराएका छन । त्यस्तै वडा नं. ८ पुरेनवामा १०० वटा, वडा नं. ७ सिसवामा १०० वटा वडा नं. ४ टिकुलियामा ४५० वटा र वडा नं. ५ मा ८५ वटा खोप गरि अहिले सम्म ८५० डोज खोप लागिसकेको डा सुभास कुमार सिंहले जानकारी गराएका छन । बाँकी वडाहरु लम्की स्किन रोग विरुद्ध खोप लाग्ने कार्...
नयाँ पत्रीकामा प्रकाशित समाचार प्रती अध्यक्ष सिंहको गम्भीर आपत्ति

नयाँ पत्रीकामा प्रकाशित समाचार प्रती अध्यक्ष सिंहको गम्भीर आपत्ति

राजनीति, विविध, समाचार
१९ साउन / रौतहट । रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” शिर्षक राखेर समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि उक्त समाचारको विश्वसनियता माथि गाउँपालिका अध्यक्ष शम्भु सिंहले प्रश्न चिन्ह खडा गरेका छन् ।गाउँपालिका अध्यक्ष सिंहका अनुसार तत्कालिन गंगापिपरा नमूना गाउँ विकास समितिका सचिव रामवृक्ष रायको हत्या प्रकरणमा शम्भु सिंहको संलग्नता एवं कुनै प्रमाण नरहेको ठहर जिल्ला सरकारी वकिलको कार्यालयले गरेपनि शुक्रवारको नयाँपत्रिका राष्ट्रिय दैनिकको तेश्रो पेजमा “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” प्रकाशित समाचार प्रति सिंहको गम्भीर ध्यानाकर्षण भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय रौतहट गौरले २०६४ साल असोज ४ गतेका दिन प्रहरी निरीक्षक बेणी सिलवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शम्भु सिंह समेत भएको कत्र्तव्य ज्यान मुद्दामा प्रमाणको अभाव तथा निजलाई का...
मदरसा इस्लामिया गौरका विद्यार्थीहरुका लागि विधायक नागेन्द्र साहले गरे विशेष सहयोग, भौतिक पूर्वाधार मंत्री यादवद्धारा भवन निर्माणको प्रतिवद्धता

मदरसा इस्लामिया गौरका विद्यार्थीहरुका लागि विधायक नागेन्द्र साहले गरे विशेष सहयोग, भौतिक पूर्वाधार मंत्री यादवद्धारा भवन निर्माणको प्रतिवद्धता

राजनीति, शिक्षा, समाज, स्थानीय
११ साउन, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको गौर नगरपालिकामा रहेको मदरसा इस्लामियामा अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सांसद नागेन्द्र साहले विशेष सहयोग गरेका छन । गौर नगरपालिका वडा नं. १ मा रहेको मदरसा इस्लामिया गौरमा ६० जना गरिब तथा अति विपन्नका छोराहरु अध्ययन गर्ने गरेका छन । रौतहट, सलार्ही लगायत विभिन्न ठाउँबाट आएका मुस्लिम समुदायका गरिबका छोराहरुका लागि सो मदरसाले निःशुल्क बस्ने, खाने तथा पढाइको व्यवस्था गदै आएको मदरसा इस्लामियाका सचिव सदाम हुसैनले जानकारी गराएका छन । पहिला सो मदरसामा उर्दु किताबहरु मात्रै पढाई हुने गरेको तर अहिले सेडुल अनुसार नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयहरुको पनि पढाइ भैइरहेको सचिव हुसैनको भनाइ रहेको छ । मदरसा इस्लामियाका अध्ययनरत विद्यार्थीहरुलाई व्यवस्थापनमा आर्थिक रुपमा समस्या भएको हुँदा रौतहट क्षेत्र नं. १ क का प्रदेश सभा सदस्य नागेन्द्र साहले ...
पाल्हिनन्दनमा सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा बरामद

पाल्हिनन्दनमा सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा बरामद

विविध, समाचार, समाज
बिनोद निगम / नवलपरासी / ७ श्रावण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न.६ पडरी स्थितबाट आज बिहान ७ बजे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी निरीक्षक सुबाष खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले ६ सय ६० केजी बोइलर कुखुरा नियन्त्रणमा लिइएको हो । भारतबाट नेपालतर्फ अवैध कुखुरा मोटरसाइकलमा राखी ल्याउँदै गर्दा सशस्त्र प्रहरीलाई देखे वित्तीकै मोटरसाइकलबाट कुखुरा फालि मोटरसाइकल लिएर मानिस फरार भएको नेपाल सिमा सुरक्षा गुल्म( हरपुर )सशस्त्र प्रहरी निरीक्षक सुबाष खत्रीले जानकारी दिनुभयो। बरामद गरिएको उक्त कुखुरा (६ क्विन्टल) ६० केजी अर्थात १ लाख ९८ हजार रुपैयाँ बराबरको रहेको खत्रीले बताएको छन् । बरामद अवैध कुखुरा महेशपुर क्वारेन्टाईनको रोबरमा पुरिएर नष्ट गरिएको खत्रीले जानकारी दिए । मुलुकमा आर्थिक संकट उत्पन्न भएका बेला चोरी तस्करी जस्ता गैर कानुनी...
बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण यस्तो

बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण यस्तो

राजनीति, समाचार
नवलपरासी /५ श्रावण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाईनै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उनको नियुक्तिको विषय देखी तलव भुक्तानी, उनले पेश गरेका खर्चका विल भरपाई समेतको बिबरण माग गरेको थियो । अप्राविधिक ब्यक्तिलाई नक्कली प्राविधिक पद सिर्जना गरेर नियुक्त गरीएको भनी उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारले पटक पटक पौडेलको नियुक्तिको विषयमा जवाफ माग गरेपछि नगरपालिकाले अख्तियारलाई मिति २०७९ फागुन २९ गते पत्राचार गरी चलानी नम्बर २७३५ रहेको पत्र मार्फत नगर प्रमुखको सचिवालय संयोजक श्री शरद पौडेललाई मिति २०७९ फागुन १२ गते देखी लागु हुने गरी हटाईएको भनी जवाफ पठाएको छ ।...
रौतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र  उदेश्यले बरहवा ताल किनारमा  नेपाली सेना द्वारा वृक्षारोपण ।

रौतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र उदेश्यले बरहवा ताल किनारमा नेपाली सेना द्वारा वृक्षारोपण ।

शिक्षा, समाचार, स्वस्थ्य
५साउन, रौतहट। नेपाली सेना विरदल गण रौतहटले पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ गौर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन । सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन । विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको रोपण गरिएको हो । वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए । सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो ।...
परासीमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ –

परासीमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ –

विविध, समाचार
बिनोद निगम / नवलपरासी / ४ श्रावण पश्चिम नवलपरासीमा बुधबार सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही तिलत्तोमा नगरपालिका- ४ बिष्णुपुरा बस्ने बर्ष अन्दाजी २५ को अनिल दर्जी र सोही स्थानमा बस्ने बर्ष २२ को समित मास्के मगर रहेका छन । उनीहरुलाई बुधबार साझ ६ बजे रामग्राम नगरपालिका- ५ स्थित बाइपासबाट जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ७ जनाको संयुक्त टोलीले महेशपुरबाट परासीतर्फ आउदै गरेको अवस्थामा पक्राउ गरिएको हो । समित मास्केले चलाएको लु १६ प १६०८ नम्बरको स्कुटरलाई रोकी किटको प्रयोग गरी दुबै जनालाई चेकजाच गर्दा लागूऔषध सेवन गरेको ( possetive ) देखिएकोले निजहरुको रितपुर्बक तलासि लिदा स्कुटरमा पछाडी सवार अनिल दर्जीको पाईन्टको खल्ती तलासी गर्दा सानो-सानो चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम लागुऔषध ब्राउन...
रामग्राममा लागु औषध सहित दुई जना पक्राउ

रामग्राममा लागु औषध सहित दुई जना पक्राउ

विविध, समाचार
बिनोद निगम /नवलपरासी / ४ श्रावण पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जीतपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका- ६, पडरी बस्ने बर्ष २० को दिनानाथ तिवारी र सोही मोटरसाइकल पछाडी सवार, सोही स्थान बस्ने बर्ष २० को करण यादव रहेका छन । उनीहरुलाई बिहिवार साझ ५ बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि. धर्म बहादुर कुँवरको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको युपि ५६ भि ५७८८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारी मोटरसाइकल, लागुऔषधसहित आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ चेकजाँचको क्रममा उक्त मोटरसाइकलको पछाडी सवार करण यादवले बोकेको कालो प्लाष्टिकको झोलामा फेनारागन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र नुफिन ४० एम्पुल फेला परेको हो । पक्राउ पर्ने दुबै जन...