२० बैशाख २०८१, बिहीबार

समाज

नेपालमा लम्पी स्किनको महामारी भयानक रुप लिदै, ७४ जिल्लामा फैलिएको यो रोगले साढे ९ हजार पशुको लियो ज्यान

नेपालमा लम्पी स्किनको महामारी भयानक रुप लिदै, ७४ जिल्लामा फैलिएको यो रोगले साढे ९ हजार पशुको लियो ज्यान

शिक्षा, समाचार, समाज, स्वस्थ्य
१ असार शुक्रवार/रौतहट । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको झण्डै तीन वर्षको अवधिमा ७४ जिल्लामा यस्तो रोग फैलिएको सरकारी तथ्याङ्‍कले देखाएको छ । पछिल्ला केही महिनामा यसले महामारीको रुप ग्रहण गरेको पशु सेवा विभागले जनाएको छ । विभागकाअनुसार धादिङ, मनाङ, मुस्ताङबाहेक देशैभरका ७४ जिल्लामा यो रोग फैलिएको पुष्टि भएको छ । बिहीबार साँझसम्म देशभरका ५ लाख गाई, भैंसी, गोरु, राँगो र बाच्छाबाच्छीमा यस्तो संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ७ सय गाई, भैंसी र बाच्छा(बाच्छी मरेको विभागका सूचना अधिकारी एवम् वरिष्ठ पशुरोग विशेषज्ञ डा।चन्द्र ढकालले जानकारी दिए ।‘लम्पी स्किनका कारण ५ लाख बढी पशुहरु संक्रमित भएको र ९ हजार ७ सयको मृत्युको विवरण प्राप्त भएको छ,’ ढकालले भने, ‘गत फागुनदेखि यो महामारीको रुपमा देशैभर फैलियो । ...
नवलपरासीमा धारिलो हतियारले हत्या गरेको श्रीमान श्रीमतीको शव फेला

नवलपरासीमा धारिलो हतियारले हत्या गरेको श्रीमान श्रीमतीको शव फेला

राजनीति, समाचार, समाज, स्थानीय
बिनोद निगम/नवलपरासी/२३जेठ पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको छ । मंगलबार बिहान करिब ७:२० बजे जिल्लाको प्रतापपुर गाउँपालिका - ८ बैरिहवाका ५० वर्षीय तिलकराज भेडियार र उनका श्रीमती ५० वर्षकी निर्मला भेडियार मृत भेटिएका हुन् । उनीहरु विगत ५ / १० बर्ष देखि घरबाट करिब ३/४ किमि पूर्व मजुवा मर्चहवा भन्ने ठाँउमा गाई भैसी पालेर बस्दै बसोबास गर्दै आईरहेका थिए । मंगलबार बिहान दुवै जनाको शव गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी सहायक निरीक्षक दिनेश कुमार यादवको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा १२...
आफ्नै पत्नी ले गरे श्रीमान् को हत्या ।

आफ्नै पत्नी ले गरे श्रीमान् को हत्या ।

समाचार, समाज
  बिनोद निगम / नवलपरासी / २१ जेठ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ स्थित खेतको - आलीको किनारमा पुरिएको अवस्थामा मृत फेला परेका स्थानीय अव्दुल नसिम खाँको आफ्नै पत्नी हशिवुन निशाले हत्या गरेको खुलेको छ । गत शुक्रबार साँझ १९:४५ बजे स्थानीय चन्दर थारुको जोतेको खेतको आलीको किनारमा केही पुरिएको र केही भाग बाहिर देखिएको अवस्थामा २९ वर्षीय खाँको लास फेला परेको थियो । लास फेला परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएका थिए । प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान कार्य | सम्पन्न गरी घटना संकास्पद रहेको भन्दै मृतकका श्रीमती हशिवुन निशालाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट श्रीमती निशाले नै नसिम खाँको हत्या गरेको खुलेको हो यस्तो छ प्रहरीको अनुसन्धानबाट खुले...
पूर्वपश्चिम राजमर्गमा सुनवलस्थित डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

पूर्वपश्चिम राजमर्गमा सुनवलस्थित डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

समाचार, समाज
  बिनोद निगम / नवलपरासी / ११ जेठ पश्चिम नवलपरासीको सुनवलस्थित सोमनाथ खोलाको पुल नजिकको डाईभर्सन बाढीले बगाउदा पुर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ । सुनवल नगरपालिका- १ स्थित निर्माणधिन अबस्थामा रहेको सोमनाथ खोला पुल नजिक रहेको डाईभर्सन आज दिउँसो २:१५ बजेको समयमा परेको अविरल बर्षाको कारण खोलामा पानीको बहाव बढी डाईभर्सन बगाउदा पुर्व पश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको हो । उक्त स्थानमा प्र.ब.ना.नि. बाल बहादुर घर्ती मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीबाट ५ जनाको टोली खटि सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले बताए । अबरुद्ध राजमार्ग मर्मत कार्य गर्न पानीको बहाब नघटेसम्म डाईभर्सन बनाउन सक्ने अबस्था नभएकोले उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवल चोकबाट परासी - भुमही च...
माधवनारायण नगरपालिका विकासको तिब्रता लिदै , २५ लाखको लागतमा ब्रहमस्थान निमार्ण कार्यका लागि मेयर बैजनाथ यादव द्वारा शिलान्यास ।।

माधवनारायण नगरपालिका विकासको तिब्रता लिदै , २५ लाखको लागतमा ब्रहमस्थान निमार्ण कार्यका लागि मेयर बैजनाथ यादव द्वारा शिलान्यास ।।

समाचार, समाज, स्थानीय
८ जेठ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका बिकासको तिब्रता लिएको छ ।पछिल्लो दिनमा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार विभिन्न कारणले सरुवा भैरहेको कारण नगरपालिकामा बिकास निर्माणकार्य अवरुद्ध भएको थियो । नया प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव को आगमनको साथै रुकेका सबै कामहरु गति समातेको छ्न । अफ्नो चुनावी एजेन्डा अनुरुप र जनताहरुको आवश्यकतालाई ध्यानमा राखी माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव विकास निर्माणका कार्यमा सक्रिय भएका छन । शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका नगरप्रमुख यादव अहिले विकास निर्माणको कार्यलाई पनि अगाडि बढाएका छन । माधवनारायण नगरपालिका वडा न.६ माधोपुर स्थित जिर्ण अवस्थामा रहेको ब्रहमस्थानको मन्दिर निर्माणका लागि आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ यादव र वडा न. ६ का वडा अध्यक्ष राम नरेश राय यादव शिलान्यास गरेका छ्न । माधोपु...
काठमाडौबाट फर्किने बितिकै मेयर यादव द्वारा आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण ।।

काठमाडौबाट फर्किने बितिकै मेयर यादव द्वारा आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण ।।

समाचार, समाज, स्थानीय
२७ चैत । रौतहट । प्रदेशअनलाइन न्युज डेस्क । रौतहटको माधवनारयण नगरपालिका वडा न। ४ विशुनपुर्वा मानपुरमा हिजो दिउँसो भीषण आगलागी हुदा २५ भन्दा बढी घर जलेर नष्ट भएको छ ।। आगलागी मा परेर कयौ पशु,बाख्रा लगायत लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । माधवनारायण नपाका नगरप्रमुख बैजनाथ प्रसाद यादब काम विशेषले राजधानी काठमाडौमा हुदा घटना बारे जानकारी पाउने बितिकै फर्केका छ्न । आज बिहानै घटनास्थलमा पुगी मेयर यादव पीडित परिवार सङ भेटेर घटना बारे जानकारी लिएका छन । साथै पिडित हरेक परिवारलाई राहत स्वरुप ग्यास सिलिन्डर, ग्यास चुल्हा , त्रीपाल, ब्लान्केट, भाडा वर्तन, साडी सेट, सर्ट पैन्टको कपडा , धोती कुर्ता, गमछा, गन्जी, जाजिम , मच्छर जाली साथै खाद्यान्न सामग्री चामल,दाल, नुन, तेल, आलु, प्याज, लगायतका सामग्रीहरु वितरण गरेका छन । ...
दिनहुँ रौतहट जल्दै , १८ वटा मध्ये १६ वटा पालिकासँग छैन वारुण यन्त्र

दिनहुँ रौतहट जल्दै , १८ वटा मध्ये १६ वटा पालिकासँग छैन वारुण यन्त्र

राजनीति, समाचार, समाज, स्थानीय
२७ चैत, रौतहट/प्रदेशअनलाइन न्युज डेस्क । रौतहटमा दिनहुँ आगलागीको घटना घट्दै गएको छ । पछिल्लो १५÷२० दिन देखि रौतहटको कुनै न कुनै ठाउँमा आगलागीको घटना घटेकै छ । आगलागीको घटनाले रौतहटवासी त्रसित बनेको छन । आगलागीमा परेर सयौ जनावरहरु जलेर मरिसकेको छ भने करौडौको सम्पति जलेर नष्ट भैसकेको छ । रौतहटमा जम्मा २ वटा पालिकासंग आगो निभाउने दमकल भएको कारणले आगोलाई निभाउन असहजता भएको छ । जिल्लाको दक्षिणमा गौर नगरपालिकामा र उत्तरमा चन्द्रपुर नगरपालिकामा मात्रै १÷१ वटा वारुण यन्त्र रहेको छ । अरु १६ वटा पालिकामा दमकलको अभावले गर्दा आगलागीको घटनाले बढी क्षति पुर्याएको छ । जिल्लामा सबैभन्दा बढी इशनाथ नगरपालिकामा आगलागीको घटना भए पनि त्याहाँका पालिकाले वारुण यन्त्रको व्यवस्थापन गर्ने सम्बन्धी ध्यानाकर्षण पुर्याउन सकेको छैन । अनावश्वक रुपमा डोजर र टेक्टर किन्न सकिने पालिकाहरु वारुण यन्त्रबाट कुनै किसिमका फाइदा...
रौतहटका निरज सर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत

रौतहटका निरज सर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत

शिक्षा, समाचार, समाज, स्थानीय
१९ चैत । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको सदरमुकाम गौर वडा नं. २ निवासी शिक्षक निरज साह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत भएका छन । प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित नवौं राष्ट्रिय अधिवेशनमा सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुख देवराज जोशीले शिक्षक निरज साहलाई देशव्यापी रुपमा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेका छन । शिक्षक साहलाई सो कार्यक्रममा देसाला ओढाइ प्रमाणपत्र सहित सम्मानित गरिएको छ साथै वहाँलाई रु. ५१ हजार नगद राशिबाट पुरस्कृत गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीको विशेष पहलमा सो सम्मानित तथा पुरस्कार कार्यक्रमको आयेजना गरिएको छ। गौर लगायत जिल्लाकै गौरव बढाउन सफल भएको भन्दै समाजिक संजालमा रौतहट लगायत देशव्यापी नै शिक्षक निरज साहलाई ...
गरुडामा अनसनरत दिपक यादवको स्वास्थ्य अवस्था गम्भिर , यादवको समर्थनमा सदरमुकाममा प्रदर्शन

गरुडामा अनसनरत दिपक यादवको स्वास्थ्य अवस्था गम्भिर , यादवको समर्थनमा सदरमुकाममा प्रदर्शन

राजनीति, विविध, समाचार, समाज, स्थानीय
१० चैत, रौतहत । प्रदेश अनलाइनन्युज डेस्क । रौतहटको गरुडा नगरपालिकामा अनियमितता तथा व्यापक भ्रष्टाचार भएको भन्दै गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादव कर्मचारीहरुको विवरण लयागत १२ बुंदे माग राखी आमरण अनसनमा बसेको ६ दिन बितिसक्दा पनि अनसनलाई लिएर नगरपालिकाबाट ठोस निर्णय आउन सकेको छैन । विभिन्न किसिमका प्रलोभन दिएर अनसन तोडन लगाउन नगरप्रमुख कन्थमुनी जैशवालले कसरत गरिरहेको तर माग गरेका कागजात उपलब्ध गराउन नसकेको अनसनरत यादवले जानकारी दिएका छन । यता ६ दिन देखि एक थोप्पो पानी समेत खान नपाउँदा यादवको स्वास्थ्य अवस्था गम्भिर अवस्थामा पुगेको छ । दिपक यादवको मागहरु जायज छन र माग छिटो सम्बोधन होस भनी जिल्लाको सदरमुकाम गौरमा अनसनरत दिपक यादवको समर्थनमा जिल्लाका युवाहरु प्रदर्शन गरेका छन । रौतहट क्षेत्र नं. १ क का विधायक प्रत्यासी तथा युवा नेता विक्रम यादवको नेतृत्वमा सयौं युवाहरुको संख्यामा निस्क...
दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन

दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन

राजनीति, विविध, समाचार, समाज
२९ फागुन । विरगंज । महायज्ञमा दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौमा ८ देखि १७ चैतसम्म हुने महायज्ञको तयारीका क्रममा दलित समुदायलाई विभेद गरिएको भन्दै वीरगञ्जमा प्रदर्शन गरेका हुन् । पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सा बाहिर उनीहरुले दलितले मन्दिरमा जान मिल्दैन रु, दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन रु भेदभाव गर्न पाईदैन लगायतका नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी खुबलाल महराले पूजामा बस्न नदिने भनेपछि विरोधमा उत्रिएको बताए । गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उनले बताए । पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाइएक...