१६ चैत्र २०८०, शुक्रबार

दिनहुँ रौतहट जल्दै , १८ वटा मध्ये १६ वटा पालिकासँग छैन वारुण यन्त्र

२७ चैत, रौतहट/प्रदेशअनलाइन न्युज डेस्क ।
रौतहटमा दिनहुँ आगलागीको घटना घट्दै गएको छ । पछिल्लो १५÷२० दिन देखि रौतहटको कुनै न कुनै ठाउँमा आगलागीको घटना घटेकै छ । आगलागीको घटनाले रौतहटवासी त्रसित बनेको छन । आगलागीमा परेर सयौ जनावरहरु जलेर मरिसकेको छ भने करौडौको सम्पति जलेर नष्ट भैसकेको छ । रौतहटमा जम्मा २ वटा पालिकासंग आगो निभाउने दमकल भएको कारणले आगोलाई निभाउन असहजता भएको छ । जिल्लाको दक्षिणमा गौर नगरपालिकामा र उत्तरमा चन्द्रपुर नगरपालिकामा मात्रै १÷१ वटा वारुण यन्त्र रहेको छ । अरु १६ वटा पालिकामा दमकलको अभावले गर्दा आगलागीको घटनाले बढी क्षति पुर्याएको छ । जिल्लामा सबैभन्दा बढी इशनाथ नगरपालिकामा आगलागीको घटना भए पनि त्याहाँका पालिकाले वारुण यन्त्रको व्यवस्थापन गर्ने सम्बन्धी ध्यानाकर्षण पुर्याउन सकेको छैन । अनावश्वक रुपमा डोजर र टेक्टर किन्न सकिने पालिकाहरु वारुण यन्त्रबाट कुनै किसिमका फाइदा नहुने भएकोले वारुण यन्त्र व्यवस्थापनमा खर्च बढी भएकोले वारुण यन्त्र किन्न नमानेको जनगुनासो रहेको छ । अहिले रौतहटका जनताहरु अविलम्ब वारुण यन्त्र चाहियो भनेर सामाजिक संजाल मार्फत आ आफ्नो पालिकाहरुमा दवाब बनाउदै छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *