४ जेष्ठ २०८१, शुक्रबार

समाज

१५ बर्ष  जेल सजाय भोगिरहेका पवन यादव  कारागार बाहिर खुल्याम घुम्दै

१५ बर्ष जेल सजाय भोगिरहेका पवन यादव कारागार बाहिर खुल्याम घुम्दै

राजनीति, समाचार, समाज, स्थानीय
२७ फागुन । रौतहट । जिल्ला कारागार कार्यालय गौरमा लागु औषध ब्राउन सुगर कारोबारमा १५ बर्ष जेल र ५ लाख जरिवाना सहित सजाय भोगिरहेको बारा जिल्ला भटिनिया निवासी पवन कुमार यादव अहिले गौर कारागारको कैदी नाईके जेल भन्दा बाहिर कसरी पटक(पटक कारागारबाट खुल्याम बाहिर घुमि रहन्छ । गौर नपा भित्र महायज्ञमा पनि खुल्याम घुमिरहेका फोटो अहिले समाजिक संजालमा भाईरल बनेको छ भने होलीको दिन कुन नियम अनुसारलाई पाल्न गरेर जेल जीवन बिताइरहेका यादवले कारागारबाट बाहिर निस्केर आफ्नो घर बारा जिल्ला होली मनाउन गएको हो अनि घरबाट पुनः जेल फर्किरहेको क्रममा रौतहट जिल्लाको परोहा नपा ४ लौकाहा बजार स्थित रक्सी खाएर मोटरसाइकल चलाइरहेको कारणले आफै मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते समेत भएको छ । मोटरसाइकल दुर्घटना हुदा खुट्टा समेत भाचेको नाईके यादव अहिले उपचार पर्सा जिल्लाको बिरगंजमा उपचार गराइरहेका छन् । जिल्ला कारागार ...
गौर हॉस्पिटल प्राइभेट लिमिटेड माथि छानविन गर्न स्थानीयको मांग, विरामीलाई उपचारको नाममा मोटो रकम लिएर ठगिदै अस्पताल

गौर हॉस्पिटल प्राइभेट लिमिटेड माथि छानविन गर्न स्थानीयको मांग, विरामीलाई उपचारको नाममा मोटो रकम लिएर ठगिदै अस्पताल

समाचार, समाज, स्वस्थ्य
१७ फाल्गुन , रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल गौरको मुख्य गेटमा सञ्चालन गरेको गौर हॉस्पिटल प्राइभेट लिमिटेड माथि छानविन गर्न स्थानीयले मांग गरेका छन १ मधेश प्रदेश सरकारको मातहतमा रहेका सरकारी अस्पताल गौर अस्पतालमा स्वास्थ्य सेवा लीन जाने विरामीहरुलाइ झुक्याएर अनुचित लाभ लिने उदेश्यले जिल्ला अस्पतालको नाउ संग मिलने खालको नाउ राखेर सञ्चालन गरेका गौर हॉस्पिटल प्रालि को दर्ता प्रक्रिया बारे छानविन गर्नु पर्ने मांग गरिन थालिएको हो १ गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेका गौर अस्पताल भित्र प्रबेश गर्ने मुख्य गेट देखि पूर्व करीव ५० मीटर कै दुरी मा मिलने नाउको निजी अस्पताल खोल्न नमिल्ने जानकारहरुको भनाइ रहेका छन १ घनश्याम साह , राधे श्याम साह र रामानन्द साहले सञ्चालन गर्दै आएका गौर हॉस्पिटल प्रा ली ले बाहिरबाट चिकित्सक बोलाएर उपचार गर्न चर्को शुल्क लिने गरेको बुझिएको छ १...
सशुल्क शिक्षा दिने प्रचलन बढ्दै तर २३ वर्ष देखि निरन्तर रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै निरज सर

सशुल्क शिक्षा दिने प्रचलन बढ्दै तर २३ वर्ष देखि निरन्तर रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै निरज सर

शिक्षा, समाचार, समाज
फाल्गुन १६ गते । रौतहट । शिक्षा ज्ञानको ज्योति हो, शिक्षाले अन्धकाररूपी अज्ञानतालाई चिर्दै उज्ज्वल भविष्यको बाटोमा अग्रसर गराउने काम गर्दछ । भनिन्छ नि एक शिक्षकले हजारौँ विद्यार्थीहरूलाई शिक्षित बनाउँछ, ती हजारौँ शिक्षित विद्यार्थीले लाखौँलाई शिक्षित बनाउँछन्, ती लाखौँ विद्यार्थीले करोडौँलाई शिक्षित बनाउँछन् जब करोडौँ विद्यार्थी शिक्षित हुन्छन् तब समाज र राष्ट्र नै शिक्षित हुन्छ । जसका कारण राष्ट्र अगाडि बढ्न सक्छ । शिक्षा लिन चाहने ९धनी,गरिब० जो कोहीलाई पनि समान रूपमा प्रदान गरिनुपर्छ तर आजभोलि अलिकति शिक्षित भनिएका र पढेलेखेकाहरूले नै शिक्षालाई सेवाको रूपमा भन्दा पनि पैसा कमाउने पेसाको रूपमा बढी लिन थालेको पाइन्छ । शैक्षिक संस्थामा पढाएर, ट्युसन र अतिरिक्त कक्षा सञ्चालन गरेर होस् वा अन्य माध्यमबाट शिक्षा प्रदान गरेर जसरी हुन्छ शिक्षा दिए बापत पैसा लिएरै छाड्ने चलन अहिले व्यापक मौलाएको छ ...
जनकपुरधाममा चुरे तथा वनजंगल संरक्षण अभियानको  ‘जनआवाज आन्दोलन’ सुरु

जनकपुरधाममा चुरे तथा वनजंगल संरक्षण अभियानको ‘जनआवाज आन्दोलन’ सुरु

राजनीति, विविध, समाचार, समाज
प्रदेशअनलाइन न्युज फागुन ११ गते , जनकपुरधाम । जनकपुरधाममा चुरे तथा वनजंगल संरक्षण अभियानले ‘जनआवाज आन्दोलन’ सुरु गरेको छ। बिहिबार अभियानले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेर्न पुगेका छन्। अभियानले मुरलीचोकबाट प्रदर्शन सुरु गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेका थिए। यद्यपि उनीहरुलाई सुरक्षाकर्मीले करिब २ सय मिटर पर रोकेका छन्। मधेस सरकारसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन्। अभियानले यस पटक पाँच बुँदे मागसहित आन्दोलन थालेको छ। अभियानका संरक्षक सरोज रायले पटक–पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर अनिश्चितकालीन धर्ना बस्न लागेको बताए।...
स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु

स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु

समाचार, समाज, स्वस्थ्य
९ फाल्गुन । पर्सा । स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान पर्साको ठोरी गाउँपालिकामा स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएका छन् ।बाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका ४ विजयवस्ती बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो गाडीले कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए। उपचारको क्रममा उनको वीरगञ्जको तराई अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।...
नेपाली राजनितीमा नैतिकता र  ईमान्दारिताकाे ठुलाे खांचाे छ :- रमेश खरेल

नेपाली राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे छ :- रमेश खरेल

शिक्षा, समाचार, समाज
फागुन ०७ गते प्रेमचन्द्र झा काठमाडौ । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले नेपालमा राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे रहेको बताएका छन । सुशासन पार्टीले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आईतवार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाेल्दै अध्यक्ष खरेलले एकले अर्कालाई सम्मान गर्न समेत नजान्नेले देश र जनतालाई कसरी नेतृत्व दिन सक्छन् । नैतिकवान र ईमान्दारले मात्र अब जनताका बिच खराे उत्रिन सक्छन उनले दावि गरेका छन । पछिल्लो चुनावले देखाएको मत परिणामले सबै मिलेर नयां सिराबाट आगाडी बढाैं बताए। । आश र त्रास छाेडेर सबै लाई आगाडी बढन आग्रह गर्नु भयो ।सम्पूर्ण त्याग गरेर सबै बढाै । उहाँले कुन ठुलो हो सानो हो नसम्झि एक्सचेञ्ज गरेर आगाडी बढाै । सबैलाई बातावरण बनाई दिन उनले अनुराेध समेत गरेका छन । फागुन मसान्त सम्म नयाँ टिम बनाई आगाडी बढन अनुराेध गर्नु भयाे ...
आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान

आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान

राजनीति, समाज
फागुन ७ गते , चितवन । आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।प्रतिनिधि सभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन २ मा आउँदो वैशाख १० गते उपचुनाव गर्ने तय भएको छ । उपचुनावका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको ...
मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा भोलीदेखि सुरु

मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा भोलीदेखि सुरु

विविध, समाचार, समाज
फागुन ७ गते , जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा भोलीदेखि सुरु हुन लागेको छ । सोमबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु हुनेछ ।जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। मिथिला महात्ममा मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ। नेपालकै सबैभन्दा लामो १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन्। सोमबार कचुरीबाट निस्केको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगी विश्राम गर्नेछन्।फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर शुक्रबार भारतको कल्याणेश्वर जाने...
गौर नगरपालिकामा दुइ करोड २५ लाख रकम बराबरको योजनाहरुको शिलान्यास

गौर नगरपालिकामा दुइ करोड २५ लाख रकम बराबरको योजनाहरुको शिलान्यास

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
१२ माघ । रौतहट । रौतहटको गौर नगरपालिकामा आज एकै दिन दुइ करोड २५ लाख रकम बराबरको विभिन्न निर्माण योजनाहरुको शिलान्यास भएको छ । गौर नगरपालिकाका नगरपालिकाका नगरप्रमुख शम्भु साहले चार वटा योजनाहरुको आज शिलान्यास गरेका छन । शिलान्यास भएका योजनाहरुमा नगरभित्रका तीन विद्यालयहरुमा थप कक्षा कोठा र बहुप्रतीक्षित बिपी स्मारक तथा घंटाघर शामिल रहेको छ । पहिलो शिलान्यास अन्तर्गत राष्ट्रपति शैक्षिक तथा भौतिक सुधार कार्यक्रम अन्तर्गत वडा नं. ७ सिसवा स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माणको लागि शिलान्यास नगरप्रमुख साहले गरेका छन । चार वटा योजनाहरुमध्ये दोस्रो शिलान्यास गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नं. ६ सवगढा स्थित श्री आधारभूत विद्यालयमा दुई कोठे विद्यालय भवन निर्माणको लागि भएको छ । त्यसतै गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको ब...
सीमा क्षेत्रबाट २ लाख बराबरको खसीबोका बरामद

सीमा क्षेत्रबाट २ लाख बराबरको खसीबोका बरामद

विविध, समाचार, समाज
  बिनोद निगम / ८ माघ /नवलपरासी भन्सार छलेर ल्याइएका दुई लाख मूल्य बराबरका खसी नियन्त्रणमा,मानिस भने फरार भएको हो सीमामा कडाईगरेसँगै भारतबाट नेपाल भित्र्याइएका खसी बोका संयुक्त गस्ती टोलीले बरामद गरेको छ । पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ। सोमबार राति : २ बजेको समयमा जिल्लाको सरावल -६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै गरेको अवस्थामा उक्त मूल्य बराबरका ११ गोटा खसी बोका प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए खटिएको संयुक्त गस्ती टोलीलाई देखे पछि उक्त खसी सोही स्थानमा छाडी मानिस फरार भएको र नियन्त्रणमा लिइएको उक्त खसी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेले जानकारी दिए। उक्त पशु चौप...