१८ चैत्र २०७९, शनिबार

स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु

75

९ फाल्गुन । पर्सा । स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान पर्साको ठोरी गाउँपालिकामा स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएका छन् ।बाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका ४ विजयवस्ती बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो गाडीले कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए। उपचारको क्रममा उनको वीरगञ्जको तराई अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0