१३ बैशाख २०८१, बिहीबार

गौर नगरपालिकामा दुइ करोड २५ लाख रकम बराबरको योजनाहरुको शिलान्यास

१२ माघ । रौतहट । रौतहटको गौर नगरपालिकामा आज एकै दिन दुइ करोड २५ लाख रकम बराबरको विभिन्न निर्माण योजनाहरुको शिलान्यास भएको छ । गौर नगरपालिकाका नगरपालिकाका नगरप्रमुख शम्भु साहले चार वटा योजनाहरुको आज शिलान्यास गरेका छन । शिलान्यास भएका योजनाहरुमा नगरभित्रका तीन विद्यालयहरुमा थप कक्षा कोठा र बहुप्रतीक्षित बिपी स्मारक तथा घंटाघर शामिल रहेको छ ।
पहिलो शिलान्यास अन्तर्गत राष्ट्रपति शैक्षिक तथा भौतिक सुधार कार्यक्रम अन्तर्गत वडा नं. ७ सिसवा स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माणको लागि शिलान्यास नगरप्रमुख साहले गरेका छन । चार वटा योजनाहरुमध्ये दोस्रो शिलान्यास गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नं. ६ सवगढा स्थित श्री आधारभूत विद्यालयमा दुई कोठे विद्यालय भवन निर्माणको लागि भएको छ । त्यसतै गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको बिपी स्मारक तथा घंटाघरको लागि पूर्व प्रधानमंत्री माधव कुमार नेपाल , नेपाली कांग्रेसका प्रदेश अध्यक्ष तथा सांसद कृष्णा यादव र नागेन्द्र साहद्वारा संयुक्त रुपमा आज तेस्रो योजनाको शिलान्यास गरेका छन । योजनाहरुमध्येको चौथो शिलान्यास गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नं. ४ टिकुलिया स्थित श्री मा।विद्यालय टिकुलियामा चार कोठे विद्यालय भवन निर्माणको लागि मेयर शम्भु साहले गरेको छन ।
विपी स्मारक पहिला देखी नै भएको र यो चौक गौरको मुहार भएकोले घण्टाघर र विपी स्मारकको निर्माण हुन लागेको नगरप्रमुख शम्भु साहले बताएका छन । १५ दिन भित्रमा निर्माण प्रक्रिया सुरु हुने र गौर नगरपालिकाबाट नै यो कार्यको संचालन तथा सम्पन्न गराउने नगरप्रमुख साहले जानकारी गराएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *