११ बैशाख २०८१, मंगलवार

सीमा क्षेत्रबाट २ लाख बराबरको खसीबोका बरामद

 

बिनोद निगम / ८ माघ /नवलपरासी

भन्सार छलेर ल्याइएका दुई लाख मूल्य बराबरका खसी नियन्त्रणमा,मानिस भने फरार भएको हो सीमामा कडाईगरेसँगै भारतबाट नेपाल भित्र्याइएका खसी बोका संयुक्त गस्ती टोलीले बरामद गरेको छ ।

पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ। सोमबार राति : २ बजेको समयमा जिल्लाको सरावल -६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै गरेको अवस्थामा उक्त मूल्य बराबरका ११ गोटा खसी बोका प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए

खटिएको संयुक्त गस्ती टोलीलाई देखे पछि उक्त खसी सोही स्थानमा छाडी मानिस फरार भएको र नियन्त्रणमा लिइएको उक्त खसी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेले जानकारी दिए।

उक्त पशु चौपाय अवैधरुपमा को कसले ल्याएको हो भन्ने बिषयमा समेत आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *