
बिनोद निगम / नवलपरासी / ११ जेठ
पश्चिम नवलपरासीको सुनवलस्थित सोमनाथ खोलाको पुल नजिकको डाईभर्सन बाढीले बगाउदा पुर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।
सुनवल नगरपालिका- १ स्थित निर्माणधिन अबस्थामा रहेको सोमनाथ खोला पुल नजिक रहेको डाईभर्सन आज दिउँसो २:१५ बजेको समयमा परेको अविरल बर्षाको कारण खोलामा पानीको बहाव बढी डाईभर्सन बगाउदा पुर्व पश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको हो ।
उक्त स्थानमा प्र.ब.ना.नि. बाल बहादुर घर्ती मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीबाट ५ जनाको टोली खटि सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
अबरुद्ध राजमार्ग मर्मत कार्य गर्न पानीको बहाब नघटेसम्म डाईभर्सन बनाउन सक्ने अबस्था नभएकोले उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवल चोकबाट परासी – भुमही चोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको पाण्डेयले जानकारी दिएका छन्