१८ जेष्ठ २०८०, बिहीबार

रौतहटका निरज सर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत

227

१९ चैत । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको सदरमुकाम गौर वडा नं. २ निवासी शिक्षक निरज साह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत भएका छन । प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित नवौं राष्ट्रिय अधिवेशनमा सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुख देवराज जोशीले शिक्षक निरज साहलाई देशव्यापी रुपमा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेका छन । शिक्षक साहलाई सो कार्यक्रममा देसाला ओढाइ प्रमाणपत्र सहित सम्मानित गरिएको छ साथै वहाँलाई रु. ५१ हजार नगद राशिबाट पुरस्कृत गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीको विशेष पहलमा सो सम्मानित तथा पुरस्कार कार्यक्रमको आयेजना गरिएको छ।
गौर लगायत जिल्लाकै गौरव बढाउन सफल भएको भन्दै समाजिक संजालमा रौतहट लगायत देशव्यापी नै शिक्षक निरज साहलाई विभिन्न व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिदैछन ।
स्मरणीय छ की शिक्षक निरज साह गौरको राइस मिल खेल मैदानमा विगत २३ वर्ष देखि हजारौ गरिब, दलित, जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिदै आइराखेका छन । गौर नगरपालिका वडा नं. ५ स्थित श्री आधारभूत विद्यालय बालमन्दिरमा प्रा.शि. राहतमा शिक्षण गराउदै आएका शिक्षक साह विना कुनै स्वार्थ विगत २३ वर्ष देखि असहाय विद्यार्थीलाई आफ्नो तर्फबाट कापी, कलम, पुस्तक वितरण गरि सयौ विद्यार्थीको जिवन नै परिवर्तन गरिसकाकाले शिक्षक साहको यिनै विशेषताको मुल्याकंन गर्दै आज वहाँलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको हो । शिक्षक निरज साहको काम र योगदानले गर्दा आज जिल्लावासी नै गर्वान्वित भएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0