७ बैशाख २०८१, शुक्रबार

माधवनारायण नगरपालिका विकासको तिब्रता लिदै , २५ लाखको लागतमा ब्रहमस्थान निमार्ण कार्यका लागि मेयर बैजनाथ यादव द्वारा शिलान्यास ।।

८ जेठ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका बिकासको तिब्रता लिएको छ ।पछिल्लो दिनमा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार विभिन्न कारणले सरुवा भैरहेको कारण नगरपालिकामा बिकास निर्माणकार्य अवरुद्ध भएको थियो । नया प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव को आगमनको साथै रुकेका सबै कामहरु गति समातेको छ्न । अफ्नो चुनावी एजेन्डा अनुरुप र जनताहरुको आवश्यकतालाई ध्यानमा राखी माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव विकास निर्माणका कार्यमा सक्रिय भएका छन । शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका नगरप्रमुख यादव अहिले विकास निर्माणको कार्यलाई पनि अगाडि बढाएका छन ।
माधवनारायण नगरपालिका वडा न.६ माधोपुर स्थित जिर्ण अवस्थामा रहेको ब्रहमस्थानको मन्दिर निर्माणका लागि आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ यादव र वडा न. ६ का वडा अध्यक्ष राम नरेश राय यादव शिलान्यास गरेका छ्न । माधोपुरवासीले वर्षौ देखि ब्रहमस्थानमा पुजा अर्चना गर्दै आएको र सो मन्दिर संग आस्था राखेकाले सो मन्दिरको निर्माण हुन लागेको नगरप्रमुख यादवको भनाइ रहेको छ । वडा स्तरीय बजेटबाट निर्माण हुन लागेको ब्रमस्थान मन्दिरका लागि २० लाख र पर्खालका लागि ५ लाख को लागत सो कार्य निर्माण भैरहेको छ। शिलान्यास कार्यक्रममा नगरप्रमुख बैजनाथ यादव, बडा अध्यक्ष राम नरेश यादव लगायत स्थानीयहरुको उपस्तिथि रहेको छ ।।
Baiju Yadav Prithvi Yadav MadhavNarayan Municipality Sambhu Singh Hare Krishna Pd Yadav Krishnandan Yadav Krishna Nandan Yadav

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *