२३ बैशाख २०८१, आईतवार

समाज

४ वर्षीय बालिकालाई  बलात्कार गरेको आरोपमा  एक युवक पक्राउ

४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

समाचार, समाज, स्थानीय
१० असार, वीरगंज । मधेश प्रदेशमा बलात्कारको घटनामा वृद्धि भएको छ । बारा जिल्लामा ४ वर्षिया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी जंगलका १९ वर्षीय अजय पाख्रिन रहेका छन् । आफ्नै छिमेकी बस्ने एक ४ वर्षीय बालिकालाई घरमा कोहि नभएको बेला जबरजस्ती बलात्कार गरेर फरार फरार भएको थिए । पिडित बालिकाले आफ्ना अभिभावकलाई घटनाको बारेमा जानकारी गराएपछि उनीहरुले पाख्रिनविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरीको आधारमा बारा प्रहरीले सोही दिन पाख्रिनलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिएसपी राजेश थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार पाख्रिनलाई घटना भएकै दिन साँझ ६ बजेको करिबमा पक्राउ गरिएको थियो । उनलाई अर्को दिन असार ९ गते ज...
पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध  वीरगञ्जमा प्रदर्शन

पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध वीरगञ्जमा प्रदर्शन

राजनीति, समाचार, समाज, स्थानीय
८ असार, वीरगञ्ज। पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध अनेरास्ववियु पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले मूल्य बृद्धिको विरुद्धमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा प्रदर्शन गरको हो । अरमान हस्मीको अध्यक्षतामा भएको विरोध प्रदर्शनलाइृ सम्बोधन गर्दै अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने कार्य कदापी सह्य नहुने बताए । उत्पादन र निर्यातलाई बढाउनतर्फ प्रेरित हुनुपर्नेमा मूल्य बढाएर आयातलाई नै थप प्रश्रय दिएको अध्यक्ष अहमदको आरोप छ । यथाशिघ्र मूल्य बृद्धि फिर्ता लिएर जनताको दैनिकीलाई सहज बनाउनुपर्ने अहमदको भनाई छ । प्रदर्शनमा सहभागीहरुले ‘मुल्य बृद्धि फिर्ता गर, सेरे तेरो पाराले, दुख पाए साराले, नेकपा एमाले ...
रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार जनकपुरधाम आउदै

रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार जनकपुरधाम आउदै

विविध, शिक्षा, समाचार, समाज, स्थानीय
८ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको छ । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।...
अन्तर्रािष्टृय विश्व योग दिवसको अवसरमा दुर्गा भगवती गाउँपालिकामा विभिन्न व्यक्तिहरु सम्मानित

अन्तर्रािष्टृय विश्व योग दिवसको अवसरमा दुर्गा भगवती गाउँपालिकामा विभिन्न व्यक्तिहरु सम्मानित

शिक्षा, समाचार, समाज, स्थानीय
८ असार, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्रािष्टृय विश्व योग दिवस मनाएको छ । योग शारीरिक र मानसिक स्वास्थ्यका लागि सहयोग पुर्याउने उद्देश्यले दुर्गा भगवती गाउँपालिका योग दिवस मनाएको छ । । दुर्गाभगवती गाउपालिकाका औषधालय केन्द्रको प्रमुख परमानन्द पाठकको अध्यक्षता सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि गाउपालिकाका अध्यक्ष शम्भु कुमार सिंह हुनुहुन्थ्यो । कार्यक्रमको विशिष्ट अतिकिो रुपमा गापा उपाध्यक्ष शीला देवी , वडा नं। ३ का वडा अध्यक्ष डिके झा, त्यसतै वडा नं। ४ का वडा अध्यक्ष रमानन्द यादव, प्र्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादव, इलाका प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल, स्थानीय विद्यालय प्रार्चाय, पंतजली योग समितिका गापा अध्यक्ष सोनेलाल राय यादव तथा योग अभियन्ता लक्ष्मी नारायण पाण्डेय लगायत बुद्धिजिवी सत्य नारायण राउत हुनुहुन्थ्यो।...
वीरगञ्ज महानगरका कर्मचारीहरुद्वारा  वीरगञ्ज दरवार होटल सिल

वीरगञ्ज महानगरका कर्मचारीहरुद्वारा वीरगञ्ज दरवार होटल सिल

समाचार, समाज, स्थानीय
५ असार, वीरगञ्ज । वीरगञ्जको गिता मन्दिर रोडमा रहेको जिल्ला बाल कल्याण समितिको भवणमा रहेको वीरगञ्ज दरवार होटल आज सिल गरिएको छ । वीगत लामो समयदेखि वीरगञ्ज दरवार होटल संचालनको लागि वीरगञ्ज महानगर पालिकासंग सम्झैता गरेका सुकेश साहले महानगरलाई भाडा नदिएको कारण महानगरले होटल तालाहानी सिल गरेको हो । वीरगञ्ज दरवार होटल संचालनको लागि वीरगञ्ज महानगरसंग सम्झैता गरेका सुकेश साहले अमित गिरी, प्रभाकर गुप्ता र अशोक साहलाई होटल संचालन गर्न जिम्मा दिएका थिए । होटल संचालन गर्दै गिरी, गुप्ता र साह आए पनि वीरगञ्ज महानगरसंग सुकेश साहले प्रति महिना १ लाख १ हजार १ सय १५ रुपैयाको दरले भाडा वपत सम्झैता गरेका थिए तर भाडामा लिए देखि हाल सम्म ३५ लाख रुपैया सुकेश साहले तिरेका छैन्न । सुकेश साहले ३५ लाख रुपैया नतिरेको ले वीरगञ्ज महानगरका कर्मचारीहरु आज होटल सिल गरि ताला लगाएको वीरगञ्ज महानगरका एक कर्मचारीले ब...
जनकपुरधामका उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार

जनकपुरधामका उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार

राजनीति, समाचार, समाज, स्थानीय
५ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गर्नुका साथै आक्रमण गर्ने समूहमध्येका एक महिलाले साहमाथि चप्पल प्रहार गरेकी छन् । बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए । नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरुले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरे । त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।त्यसलगत्तै उनीमाथि आक्रमण भएको हो । घटना भएलगत्तै प्रहरी टोली पुगेर उपप्रम...
करोडौंको अवैध सामानसहित दुई भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

करोडौंको अवैध सामानसहित दुई भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

समाचार, समाज, स्थानीय
४ असार, सप्तरी । सशस्त्र प्रहरीले करोडौंको अवैध सामानसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका(१ स्थित कोसफ ब्यारेजबाट खटिएको टोलीलेले ट्रकसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको उतर प्रदेश कानपुर प्रान्त देहान बस्ने ३८ वर्षीय अवध बाबू र २३ वर्षीय धिरज कुमार छ्न् ।नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।...
धादिङका किसानहरुले लुटे ४ सय बोरा रासायनिक मल

धादिङका किसानहरुले लुटे ४ सय बोरा रासायनिक मल

विविध, समाचार, समाज
४ असार, काठमाण्डौ । धादिङका किसानहरूले ४ सय बोरा रासायनिक मल लुटेका छन्। धादिङको धुनिबेसी नगरपालिका(६ धार्केमा ट्रक रोकेर स्थानीयले मल लुटेका हुन्। अवैध रुपमा रासायनिक मल आएको थाहा पाएपछि मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् । शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरुले लुटेका हुन् । स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । धुनिबेशी नगरपालिका(६ धार्केस्थित पूर्व(पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल ...
ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु

समाचार, समाज, स्थानीय
४ असार, रौतहट । रौतहटमा खाना पकाउने क्रममा आज बिहानै ग्यास सिलिन्डर पडकेको छ । जिल्लाको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो। ग्यास सिलिन्डर पडकिदा गढीमाई नगरपालिका १ समनपुर निवासी बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको छ । खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले जानकारी गराएका छन्। शनिबार बिहान ८ बजे ग्यास पड्किएको सहनीको भनाइ छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...
माधवनारायण नपामा झुलुङ्गे पुलको शिलान्यास, एक महिना भित्र पुल संचालनमा आउने नगरप्रमुख यादवको भनाई

माधवनारायण नपामा झुलुङ्गे पुलको शिलान्यास, एक महिना भित्र पुल संचालनमा आउने नगरप्रमुख यादवको भनाई

राजनीति, समाचार, समाज, स्थानीय
३ असार, रौतहट । रौतहटको माधव नारायण नगरपालिकामा नगरपालिकाकै पहिलो झुलुङ्गे पुल निर्माण हुने भएको छ । नगरप्रमुख बैजनाथ प्रसाद यादव उर्फ बैजु यादव आफ्नो कार्यभार सम्हाल्ने बितिकै आफूले जनताको माझमा गरेका प्रतिबद्धता अनुसार काम गर्न सुुरु गरिसकेका छन । चुनावी प्रतिबद्धता अनुसार मेयर यादवले माधव नारायण नगरपालिका ३ मा अवस्थित भेल्हीको कमदेही खोलामा नगरपालिका कै पहिलो झुलुङ्गे पुलको शिलान्यास गरेका छन्। माधव नारायण नगरपालिकाका जनताले लामो समयदेखि नै झुलुङ्गे पुलको माग गरे पनि निवर्तमान मेयर विरेन्द्र प्रसाद यादव कुनै चासो देखाएको थिएन । तर नवनिर्वाचित नगरप्रमुख बैजु यादव जनताको माग तथा आवश्यकता अनुसारको कामको सुरुवात गर्नुभएको छ । । विगत ५ वर्ष देखि पूर्व मेयरसँग आशा राख्दा पनि झुलुङ्गे पुलको कुनै प्रक्रिया अगाडि नबढाएको तर एक महिना नबितिसक्दा वर्तमान मेयरले झुलुङ्गे पुलको शिलान्यास गरेको...