५ आश्विन २०८०, शुक्रबार

समाज

बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले  दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज

बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज

राजनीति, समाचार, समाज, स्थानीय
बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले दैनिक ज्यालादारीमा दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज ३० जेठ, बिरगंज ।बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यसअघिका मेयर विजयकुमार सरावगीले दैनिक ज्यालादारीमा नियुक्त गरेका सम्पूर्ण कर्मचारीहरुलाई हटाएका छन् । पूर्व मेयर सरावगीले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गत वैशाखदेखि आफ्नो भोटबैंक बढाउने उद्देश्यले दैनिक ज्यालादारीमा वडा कार्यालयदेखि स्वास्थ्य चौकी र केन्द्रहरुसमेतमा आफ्ना कार्यकर्तालाई दिएको नियुक्ति नवनिर्वाचित मेयर सिंहले खारेज गरेका हुन् । सोमबार बिरगंज महानगरपालिकाले एउटा सूचना जारी गर्दै २०७८ वैशाखदेखि बिरगंज महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयअन्तर्गत पर्ने सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीरकेन्द्रमा २०७८ वैशाखदेखि दैनिक ज्यालादारीमा नियुक्ति पाएर काम गरिरहेका सबै कर्माचारिलाई असार १ गतेदेखि अर्को सूच...
भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको समर्थनमा विरगंजमा किन भयो प्रदर्शन ?

भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको समर्थनमा विरगंजमा किन भयो प्रदर्शन ?

राजनीति, समाज, स्थानीय
२९ जेठ, वीरगन्ज । हिन्दु धर्मका समर्थकहरुले वीरगञ्जमा भारतीय जनता पार्टी भाजपा का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा प्रदर्शन गरेका छन् । इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नुपुर शर्मा र नेता नविन जिन्दलले नकारात्मक टिप्पणी गरेको भन्दै दुवै जनाको विरोधमा शुक्रबार वीरगन्जमै मुस्लिम समुदायले भारतीय महावाणिज्य दूतावास अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै शनिवार हन्दु धर्मका अगुवाहरुले उनीहरुको समर्थनमा प्रदर्शन गरेका हुन् । हिन्दुत्वको रक्षाको लागि एक हौ भन्ने मुल नारा लेखिएको ब्यानर, पम्प्लेट बोकेर हिन्दुवादीहरुले नगर परिक्रमा गरेका थिए । समर्थन रयालीमा सहभागीहरुले हिन्दु हुनुमा हामीलाइ गर्व छ, भाजपा नेतृ नपुर शर्मालाइ हाम्रो समर्थन छ लगायतका नारा लगाएका थिए । भाजपा नेताहरुले हिन्दु धर्मको रक्षाका लागि अभिव्यक्ति दिएकाले उनिहरुको सम...
गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन  जम्मा ३४ हजार

गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन जम्मा ३४ हजार

विविध, समाचार, समाज, स्थानीय
२९ जेठ, रौतहट । रौतहटको दुधियाभारमा रहेको सशस्त्र प्रहरी बलले शनिबार बिहान ३ बजे भारततर्फ तस्करी हुन लागेको अवस्थामा समातेको १७ ओटा गाई र बाच्छा सरकारी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको थियो। पहाडको विभिन्न ठाउँबाट किर्ने र संकलन गरी भारततर्फ लैजानको लागि प्रदेश २–०३–०००१ ख १४८७ नम्बरको गाडीमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गाईलाई गौर भन्सारमा बुझाउँदा १७ ओटा गाईलाई ३५ हजार पाँच सय रूपैयाँमा निलाम गरेको छ। सशस्त्र प्रहरी बलले १७ ओटा पशुधनको मूल्यांकन नै जम्मा ३४ हजारको गरेर पठाएको र सोही मूल्यमा भन्सार कार्यालयले डाँक बढाबढ गर्दा पशुधनलाई ३५ हजार पाँच सय रूपैयाँमा बिक्री भएको हो। गौर भन्सारमा सिन्डिकेट चलाउनेहरुले सक्रिय भएर गाई र बाच्छोको निलामी सकार गरी पुनः तस्करकै हातमा पुर्‍याइ...
प्रशारण लाइनमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट त्रिशुलीको उत्पादन बन्द

प्रशारण लाइनमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट त्रिशुलीको उत्पादन बन्द

मनोरञ्जन, विविध, समाचार, समाज
नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ । ‘६ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं । भारतबाट पनि बिजुली ल्याइएको छ ।’प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।...
पूर्वमन्त्री मिथिला चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको निधन

राजनीति, समाचार, समाज
२८ जेठ,  सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।...
आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या, २ जना पक्राउ

आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या, २ जना पक्राउ

समाचार, समाज, स्थानीय
२५ जेठ, दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ । डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको विष्टले बताए ।...
काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

समाचार, समाज
२५ जेठ, काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।...