
१० असार, वीरगंज । मधेश प्रदेशमा बलात्कारको घटनामा वृद्धि भएको छ । बारा जिल्लामा ४ वर्षिया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी जंगलका १९ वर्षीय अजय पाख्रिन रहेका छन् ।
आफ्नै छिमेकी बस्ने एक ४ वर्षीय बालिकालाई घरमा कोहि नभएको बेला जबरजस्ती बलात्कार गरेर फरार फरार भएको थिए । पिडित बालिकाले आफ्ना अभिभावकलाई घटनाको बारेमा जानकारी गराएपछि उनीहरुले पाख्रिनविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका थिए ।
जाहेरीको आधारमा बारा प्रहरीले सोही दिन पाख्रिनलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिएसपी राजेश थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार पाख्रिनलाई घटना भएकै दिन साँझ ६ बजेको करिबमा पक्राउ गरिएको थियो । उनलाई अर्को दिन असार ९ गते जिल्ला अदालत बारामा उपस्थित गराएर आवश्यक कारवाहीका लागि ७ दिन म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले बताए ।