
८ असार, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्रािष्टृय विश्व योग दिवस मनाएको छ । योग शारीरिक र मानसिक स्वास्थ्यका लागि सहयोग पुर्याउने उद्देश्यले दुर्गा भगवती गाउँपालिका योग दिवस मनाएको छ ।
। दुर्गाभगवती गाउपालिकाका औषधालय केन्द्रको प्रमुख परमानन्द पाठकको अध्यक्षता सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि गाउपालिकाका अध्यक्ष शम्भु कुमार सिंह हुनुहुन्थ्यो ।
कार्यक्रमको विशिष्ट अतिकिो रुपमा गापा उपाध्यक्ष शीला देवी , वडा नं। ३ का वडा अध्यक्ष डिके झा, त्यसतै वडा नं। ४ का वडा अध्यक्ष रमानन्द यादव, प्र्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादव, इलाका प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल, स्थानीय विद्यालय प्रार्चाय, पंतजली योग समितिका गापा अध्यक्ष सोनेलाल राय यादव तथा योग अभियन्ता लक्ष्मी नारायण पाण्डेय लगायत बुद्धिजिवी सत्य नारायण राउत हुनुहुन्थ्यो। कार्यक्रमलाई संचालन गर्न कमलेश्वर प्रसाद वर्मा संचालकको भुमिका निर्वाह गर्नुभयो । गाउपालिकावासीको शारीरिक तथा मानसिक स्वास्थयमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा योगाचार्य तथा पूर्व विज्ञान शिक्षक कृष्ण बहादुर पाण्डेय तथा योग अभियन्ता लक्ष्मी नारायण पाण्डेय लाई गापा अध्यक्षले दोसाला एवम रातो चादर ओढाएर सम्मानित गर्नुभएको छ । मानवताको लागि योग मुख्य नाराको साथ आज अन्तर्रािष्टृय विश्व योग दिवस मनाइएको छ ।