१२ बैशाख २०८१, बुधबार

पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध वीरगञ्जमा प्रदर्शन

८ असार, वीरगञ्ज। पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध अनेरास्ववियु पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले मूल्य बृद्धिको विरुद्धमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा प्रदर्शन गरको हो ।

अरमान हस्मीको अध्यक्षतामा भएको विरोध प्रदर्शनलाइृ सम्बोधन गर्दै अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने कार्य कदापी सह्य नहुने बताए । उत्पादन र निर्यातलाई बढाउनतर्फ प्रेरित हुनुपर्नेमा मूल्य बढाएर आयातलाई नै थप प्रश्रय दिएको अध्यक्ष अहमदको आरोप छ । यथाशिघ्र मूल्य बृद्धि फिर्ता लिएर जनताको दैनिकीलाई सहज बनाउनुपर्ने अहमदको भनाई छ ।

प्रदर्शनमा सहभागीहरुले ‘मुल्य बृद्धि फिर्ता गर, सेरे तेरो पाराले, दुख पाए साराले, नेकपा एमाले जिन्दावाद, नाफा घाटा जान्दैनौ, मुल्य बृद्धि मान्दैनौ, निकम्मा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *