१३ बैशाख २०८१, बिहीबार

समाज

माधवनारायण स्थित माधोपुरमा आधा घण्टा पानी पर्दा प्राय सबैको घर डुवानमा, जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेन

माधवनारायण स्थित माधोपुरमा आधा घण्टा पानी पर्दा प्राय सबैको घर डुवानमा, जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेन

राजनीति, समाचार, समाज, स्थानीय
१७ असार, रौतहट । मधेश प्रदेशमा एक आपसमा झै झगडा पनि मौषम अनुसार नै हुने गर्छन । मधेशका जनताहरुको अदालत धाउने परम्परा आज देखि न भएर वर्षौ देखिको छ । स–साना झै झगडालाई लिएर लाखौँ पैसा अदालतमा दौडेर खर्च गर्न कहिल्यै पछि पर्दैन । तर सबै भन्दा ठूलो बिडम्बना यो हो , त्यहाँका स्थानीय नेता तथा जनप्रतिनिधि नै शान्त गर्नुको सटा उक्साउने काम गरेर आफ्नो निजि स्वार्थ पुरा गर्ने गर्छन । चुनावको बेला ठूल–ठूला गफ लगाउने ती नेता तथा जनप्रतिनिधिहरु आफ्नो गाउँघरको सानो समस्या पुरा गर्न सकेको हुदैँन । रौतहट देखि मधेश प्रदेशका अन्य जिल्लाहरुमा पानी निकासाको विवाद वर्षेनी बैशाख देखि भदौँ सम्म हुने गर्छन । त्यसता विवादहरु ठूलो झगडामा परिणत भई घटना दुर्घटना पनि हुने गरेको समाचार बारम्बार आउँदा पनि यो समस्या तिर कसैको ध्यान पुगेको छैन । रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ६ माधोपुरमा वर्षायामको बेला पानीको...
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुद्वारा तालाबन्दी

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुद्वारा तालाबन्दी

राजनीति, समाचार, समाज, स्थानीय
१६ असार जनकपुर । विभिन्न मागहरु राख्दै आज जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुले तालाबन्दी गरेका छन । मन्त्रालयमा ताला लगाएर प्रदेशका विभिन्न जिल्लाबाट आएका किसानहरु धर्नामा समेत बसेका छन् । शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायतका किसानहरुको माग रहेकोछ । प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले बताए का छन ।...
यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीद्वारा वीरगञ्जबाट  १८ जना  पक्राउ

यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीद्वारा वीरगञ्जबाट १८ जना पक्राउ

समाचार, समाज, स्थानीय, स्वस्थ्य
१५ असार, विरगंज । यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीले वीरगञ्जबाट १८ जना महिला पुरुषलाई पक्राउ गरेको छ । वीरगञ्जको बसपार्कस्थित होटल मायालु, होटल समर र होटल रोयलबाट ३ महिला र ४ जना पुरुष गरी ७ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको छ । त्यस्तै वीरगञ्जको ४० फिटा सडकस्थित विभिन्न टहरा एवम् खाजा घरहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रह्लाद कार्कीले जानकारी दिए ।डिएसपी कार्कीका अनुुसार यौन गतिविधिका कारण आजित भएको स्थानीयको गुनासो आएपछि गस्ति गरिएको हो । वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको गस्ति टोलीले आशंकको आधारमा पक्राउ गरेकाहरुलाई सम्झाई बुझाई गरेर छाडिने डिएसपी कार्कीले बताए ।...
सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना

सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना

राजनीति, समाचार, समाज, स्थानीय
१५ असार, रौतहट ,अहिले सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना भएको कुराहरु समाजिक संजालमा टिकाटिप्पणी भइ रहेको प्रती गौर नगरपालिका का नगर प्रमुख शम्भु साह को गम्भीर ध्यानाकर्षण भएको छ । परापुर्व काल देखि नामाकरण रहेको चोकहरुको विषयमा हाल शहरी विकासबाट भएको भूलका कारण अन्यथा भएकोले सो लाई यथाशीघ्र समाधान गर्न गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले सम्बन्धि निकाय संग सोधपुछ गरेका छन । गौर २ स्थित जु। मा। वि हुदै महादेवपट्टी जाने चौकलाई अंसारी चौक नामांकन गरिएको भने पोस्ट प्रति गम्भीर हुँदै वहाले सो बारे बुझ्दा चौकको नाम परिवर्तन बारे गौर नगरपालिका वा वडा कार्यालयलाई आधिकारिक कुनै जानकारी न आएको र कार्यालयले यस बारे कुनै निर्णय नलिएको प्रष्ट पार्नु भएको छ । उक्त वोर्ड शहरी विकास कार्यालयले राखेको र यस बारे सम्बंधित कार्यालय प्रमुखसंग बुझ्दा डीपीआर बनाउने बेला स्थानीय ...
रौतहटमा बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु

रौतहटमा बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु

समाचार, समाज, स्थानीय
१५ असार, रौतहट । मंगलबार रातिदेखि देशभरका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ ।हाल देशभर सामान्यदेखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रौतहटमा पनि हिजो देखि लगातार वर्षा भइरहेकोले बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु भएको छ ्र गौरको बडहरवा तालमा नगरप्रमुख शम्भु साह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, प्रहरी उपरीक्षक विनोद घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रिय अनुसन्धानका उपरीक्षक मुकुन्द खडका, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगायतको उपस्थितिमा सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु द्वारा अभ्यास शुरु गरिएको छ ।...
सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाइयो

सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाइयो

शिक्षा, समाचार, समाज, स्थानीय
१४ असार, सिरहा । अहिलेको परिवर्तित, बैज्ञानिक र प्राविधिक युगमा पनि हाम्रो देशका केहि स्थानमा अन्धविश्वास संगै बाच्ने परम्परा कायम नै छ । यहि अन्धविश्वासको कारण सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाएको छ । मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् । भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला देवी साहलाई प्रहरीले पक्राउ गरेको छ। दुबैजनाले छिमेक ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोप छ । असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुबैजनाले मलमूत्र खुवाएको सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । दुबैजनालाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्र...
रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना  विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

राजनीति, समाचार, समाज, स्थानीय
१२ असार, रौतहट । रौतहटको फतुवा विजयपुर र गुजरा नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आय बाडँने सम्झौतामा अनियमतता गरेको भन्दै अख्तियारले डेड दर्जनजना विरुद्ध मुद्दा दर्ता गरेको छ । आयोगले फतुवा विजयपुरका तत्कालिन एवं वर्तमान मेयर गोपाल राय यादव, तत्कालिम उपमेयर कान्ती देवी सहित विभिन्न वडाध्यक्ष विरुद्ध १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो माग दावी गर्दै आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले९ जानकारी दिएका हुन् । नदी ठेक्काबाट आउने रकममा फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो । तर फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र०...
पहिरोका कारण काठमाडौं मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण काठमाडौं मुग्लिन सडक अवरुद्ध

समाचार, समाज
१२ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका(४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं(मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए । पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।...
गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

राजनीति, विविध, समाचार, समाज, स्थानीय
११ असार, गौर । “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरको श्रेष्ठ पहिचान” मुल नाराका साथ रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । मधेशका प्रदेश सांसद माननीय बाबुलाल साहको प्रमुख अतिथिमा सम्पन्न नगर सभाको अध्यक्षता नगर प्रमुख शम्भु साहले गर्नुभएको छ । देशको परिवर्तनमा महत्वपूर्ण योगदान गर्दै आएको गौर नगरवासीको दृढ ईच्छाशक्ति एवं हाम्रै पालामा गौर नगरपालिकालाई स्मार्ट बनाउन सकिन्छ भने आत्मविश्वासको साथ नगरप्रमुख साह गौर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । आ.व.२०७८÷०७९ को विनियोजित रकम मध्ये आम्दानी तर्फ संघीय सरकारबाट प्राप्त वितिय सम्मानिकरण अनुदान रकम १२ करोड ८३ लाख , प्रदेश सरकारबाट प्राप्त सम्मानिकरण अनुदान रकम ८७ लाख ६८ हजार, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रकम ५ करोड ९३ लाख ५४ हजार, प्रदेश सरकारबाट प्राप्...
४५ करोडको अनुमानित वजेट सहित माधवनारायण नपाको सातौ नगरसभा सम्पन्न

४५ करोडको अनुमानित वजेट सहित माधवनारायण नपाको सातौ नगरसभा सम्पन्न

शिक्षा, समाचार, समाज, स्थानीय
शिक्षा, स्वास्थ्य, कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ रौतहटको माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । माधव नारायण न.पा.का नगर प्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै ४५ करोडको बजेट सहित सातौ नगरसभा सम्पन्न गर्नु भएको हो । नगर सभाका सभाअध्यक्ष तथा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादवले माधव नारायण नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को लागि ४५ करोडको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।नगर सभामा नगरउपप्रमुख निर्माला रमन, निमित प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक सम...