२० बैशाख २०८१, बिहीबार

समाचार

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सहमति जुटेको ः सांसद राजेन्द्र महतो

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सहमति जुटेको ः सांसद राजेन्द्र महतो

राजनीति, समाचार
२२ असार, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् । नयाँ बानेश्वरस्थित बुधबार संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताए । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे । नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्थाअनुसार कानुन ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानक...
आयुर्वेद औषधालय प्रती आम जनता चासो

आयुर्वेद औषधालय प्रती आम जनता चासो

समाचार, समाज, स्थानीय
२२ आसार , विरगंज । बलिराम यादव पर्सा जिल्लाको ग्रामिण समुदायमा संचालित आयुर्वेद अस्पताल प्रति आम जनताको चासो र गुनासो बढन थालेको छ। पहिला पहिला जिल्ला बाट सञ्चालन हुदैआको आयुर्वेद औषधालय हाल पालिका स्तर बाट सञ्चालन भइरहँदा सेवा सुविधा पहिले भन्दा अहिले थप चुस्त दुरुस्त बान्न थालेको छ।नजिकै रहेको सरकारी स्वस्थ चौकी र सोही भवनमा रहेको प्राइभेट अस्पताल भन्दा आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढि देख्न पाइन्छ। पर्सा जिल्लाको विन्द्वस्नी गाउँपालिका वडा नं २बहुअर्वा भाठा मा रहेको आयुर्वेद औषधालयमा अहिले आम सेवाग्राहीको झुकाव बढेको देखिन्छ। निशुल्क उपचार को साथै प्राकृतिक जडिबुटीबाट निर्मित आयुर्वेदिक औषधि को कुनै साइड इफेक्ट नरहेको र यसले कुनै प्रकारको हानि नोकसानी समेत नगर्ने भाए पछि आफू विश्वस्त भएर उपचार गराउन आको एक सेवा गराही विन्देश्वरी पल्टेल ले बताउनु हुन्छ । पुरुष मात्र होइन म...
तस्करीहरुलाई नियन्त्रण गर्दै पश्चिम नवलपरासीको महेशपुर भन्सार

तस्करीहरुलाई नियन्त्रण गर्दै पश्चिम नवलपरासीको महेशपुर भन्सार

विविध, समाचार
२२ असार, नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ स्थित वर्गदवा बाट बेवारिसे अवस्थामा एक भारतीय ट्राली सहित ६० वोरी चिनी लोड गरेको अवस्थामा महेशपुर भन्सार कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । उक्त ट्रालीमा चिनी लोड गरि सरावल वाड नं ७ भुजहव हुदै भारतबाट नेपालतर्फ ल्याउदै गर्दा महेशपुर भन्सार कार्यालयको टोलीले बर्दघाट तर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको महेशपुर भन्सार कार्यालयले जनाएको छ । अहिले पश्चिम नवलपरासीको महेशपुर भन्सारले तस्करी हरु लाई थाह लगाउँदै र अबैध सामानहरु धमाधम पक्राउ गर्न गरेको महेशपुर भन्सारले बताईएको छ ।...
विकासको पर्खाइमा गरीब डोम बस्ती

विकासको पर्खाइमा गरीब डोम बस्ती

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२२ असार, पर्सा । बलिराम यादव, पर्सा संवाददाता पर्सा जिल्लाको गरमिन भेगमा रहेको पर्सागढी नगरपालिका वडा नं ६ तित्राउन चैनपुरमा करिब ११ घरपरिवारमा रहेका करिब ,७२ जन दलित डोम बस्तीमा अहिले सम्म विकास पुगन सकेको छैन। पिहलो जनप्रनिधी निर्वाचित भई पाँच वर्ष कार्यकालमा विकास नामको कुनै शब्द पुगन सकेको छैन। अहिले पनि उ यही फुस्को घर , पलास्टिक ओक्षयाइएस्को छानो ,कम्बल्ले घेरिएको भकरो, जस्ता दृश्यले जो कोहीको मन पग्लिन्छ। लाखौं करोडौंको बजेट मतोपुरी गराबेल,रोड नला ढलनमा सिद्याइन्छ। तर अति विपन गरिबहरूको झुपडीमा विकास नामको शब्द किन पुग्दैन । शिक्षा श्वास्थ,खाने पानीको समेत अभाभव रहेको त्यो डोम बस्तीमा देख्न सकिन्छ।एउटै धारा बाट ७२जनाले आफ्नो गुजारा चलाइरहेको अवस्था छ। नेपाल खुला दिसा मुक्त भएको धेरै समय बितिसक्दा पनि शौचालय नभएर उनीहरू अहिले पनि बहिर दिसा गर्न बाध्य रहेका छन् ।रिङ त पाइयो ...
सरकार द्वारा   नागरिकता विधेयक फिर्ता, आज अर्को विधेयक दर्ता गर्ने तयारी

सरकार द्वारा नागरिकता विधेयक फिर्ता, आज अर्को विधेयक दर्ता गर्ने तयारी

राजनीति, समाचार
२२ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । आज नै अर्को विधेयक दर्ता गर्ने र फास्ट ट्राकमार्फत पास गर्ने सरकारी तयारी छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यो विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको बहुमत भएको त्यो समितिले बहुमतका आधारमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि नागरिकता दिने प्रावधान पास गरेको छ । त्यसबेला नेपाली कांग्रेससँगै जनता सम...
सेवाग्रहीसँग १ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सब इन्जिनियर पक्राउ

सेवाग्रहीसँग १ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सब इन्जिनियर पक्राउ

समाचार, स्थानीय
२२ असार, विरगंज । सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा वीरगञ्जस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर पक्राउ परेका छन् । सेवाग्राहीसँग भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदैलिँदै प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय पर्सामा दुबे विरुद्ध सेवाग्राहीले दिएको मौखिक उजुरीको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० विशाल मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले दुबेलाई पक्राउ गरेको स्रोतले जनाएको छ । दुबे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन् ।...
रामेछापबाट काठमाण्डौका लागि छुटेको बस  दुर्घटना, १३ जना यात्रीहरुको मृत्यू

रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना, १३ जना यात्रीहरुको मृत्यू

समाचार, स्वस्थ्य
२१ असार, रामेछाप । रामेछापबाट काठमाण्डौका लागि छुटेको बस आज विहान दुर्घटना हुँदा १३ जना यात्रीहरुको मृत्यू भएको छ । दुर्घटनामा ९ जनाको घटनास्थलमा र ४ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमध्ये अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ । सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो । आज बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५...
लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

विविध, समाचार, स्वस्थ्य
जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज असार २१, बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सोमबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको बागलुङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् । पक्राउ परेकाह...
लुम्बिनी क्षेत्रबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ

लुम्बिनी क्षेत्रबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ

विविध, समाचार
जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज २० असार, बुटवल । लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ गरेका छन् । गएराति साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय ‘चिनक’ भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय को आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए । उनीहरु सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर–६ बसपार्क नजिक मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि दुर्घटना भएको थियो । पक्राउ परेकाहरूमध्येबाट मो...
दाङमा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु

दाङमा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु

समाचार, स्वस्थ्य
जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज २० असार, बुटवल । दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् । टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्पोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।...