१५ बैशाख २०८१, शनिबार

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सहमति जुटेको ः सांसद राजेन्द्र महतो

२२ असार, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित बुधबार संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताए ।

उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे । नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्थाअनुसार कानुन ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ ।

त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानको समस्या समाधान गर्नेतर्फ काम अगाडि बढाउने कुरा भएको छ । यो सम्भव छ । भइहाल्छ पनि ।’ उनले संसद्मा छिट्टै नागरिकतासम्बन्धी विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिबद्धता जनाएको बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *