१४ चैत्र २०७९, मंगलवार

नवलपरासीबाट लागु औषध सहित २ जना भारतीय पक्राउ

296

२३ असार, नवलपरासी । बिनोद निगम

पश्चिम नवलपरासीको पाल्हिनन्दन वाड नं २ पिपरहिय स्थित चोकमा बुधबार राति करिब ०९ः०० बजे चेकजाँच गर्ने क्रममा नेपाल प्रहरीको टोलिले लागु(औषध सहित २ जना भारतीय नागरिक लाई पक्राऊ परेका हुन्।

भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला प्रहरीले खटिएको प्रहरी टोलिले शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा आगु(औषध ,डाईजेपाम ९० एम्पुल, बुप्रिनर्फिन ९० एम्पुल,फेनारागन ९० एम्पुल, गरी जम्मा २७० एम्पुल र लु ३ प ७७१ नम्बरको मोटरसाईकल सहित २ जनालाई पक्राऊ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला,थान चिरहिया ग्राम पटाजिलवा घर ठेगाना भएका लागुऔषधका मुख्य कारोवारी बर्ष ४० को रामा गुप्ता ऐ।ऐ। बस्ने बर्ष ३२ को जितेन्द्र पासवान सहित २ जनालाई पक्राऊ गरेका छन् ।

उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1